काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले फुटपाथ मिचेर प्रहरी बिट बनाएको भन्दै आक्रोशित हुनु भएकाे छ ।
फोहोरको बिषयलाई लिएर बिहान बिहानै आक्रोशित मुडमा आएका मेयर बालेन शाहले प्रहरी माथी आक्रोशित हुनुभएकाे हाे । महानगरपालिका भित्र फुटपाथ मिचेर बनाइएको भन्दै प्रहरी बिटहरुको तस्वीर पनि उहाँले सार्वजनिक गर्नुभएकाे छ ।
‘फुटपाथ सँधै मान्छे हिड्नका लागि प्रयोग हुनु पर्छ भनेर हामीले फुटपाथमा व्यापार गर्न रोकेका छौँ । यो नियम सर्वसाधारणका लागि मात्रै होइन । सबैका लागि हो र हुनु पर्छ’, उहाँले फेसबुकमा लेख्नुभएकाे छ, ‘कानुन कार्यान्वयन गर्ने नेपाल प्रहरीले नै बाटो मिचेर आफ्नो संरचना बनाउँछ भने त्यो गलत हुन्छ । त्यो संरचना प्रहरी आफैले हटाउनुहोला, नत्र समतामुलक कानुनको प्रयोगको लागि पनि हामी ति संरचना हटाउन बाध्य हुनेछौँ ।’
मेयर शाहले फुटपाथ मिचेर संरचना बनाएको भन्दै बिभिन्न देशका राजदुतावासलाई पनि पत्राचार गरेको जनाउनु भएकाे छ । ‘राजदुतावासलगायत विदेशी नियोगका हकमा पनि हामीले सम्बन्धित मन्त्रालयलाई काम अगाडि बढाइदिन पत्राचार गरिसकेका छौँ,’ उहाँले भन्नुभएकाे छ, ‘कानुन सर्वसाधारण नागरिकका लागि र अरुका लागि अलग्गै हुन्न भन्ने तथ्य स्थापित गर्न हामी तयार हुनु पर्छ । तयार बनौँ ।’

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा