साउदी र इरानी परराष्ट्रमन्त्रीबीच वार्ताः एक अर्काको देशमा दुतावास खोल्ने सहमति

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

बेइजिङ । साउदी अरबका राजकुमार फैसला बिन फरहान अल साउद र इरानका परराष्ट्रमन्त्री अमिर अब्दोल्ला हियानबीच भेटवार्ता भएको छ ।

कूटनीतिक सम्बन्ध अघि बढाउनका लागि उनीहरुबीच चीनको राजधानी बेइजिमाङमा भेटवार्ता भएको हो । भेटमा उनीहरुबीच एकअर्काको देशमा राजदुतावास खोल्ने देखी हवाई उडान गर्नेसम्मको सहमति भएको छ ।

सहमतिअनुसार साउदीको राजधानी रियाद र इरानको राजधानी तेहरानमा राजदूतावास खोलिनेछ । सोही सहमतिको क्रममा साउदीको जेद्दाहमा र इरानको मशहदमा वाणिज्य दूतावास खोल्न पनि दुवै देश सहमत भएको जनाईएको छ ।

ADVERTISEMENT

सन् २०१६ मा कूटनीतिक सम्बन्ध तोडेका इरान र साउदी चीनको मध्यस्तकर्तामा पुनः सहकार्य विस्तारलगायत अन्य पक्षमा पनि मिलेर जाने बिषयमा सहमति गरेका हुन् ।

समाचारअनुसार एकअर्काको देशमा उडान गर्ने, सरकारी तथा निजी क्षेत्रका प्रतिनिधिमण्डलहरुको द्धिपक्षिय भ्रमणलाई पुनः निरन्तरता दिने, ब्यापार खुल्ला राख्ने तथा हजलगायतमा इरानी नागरिकलाई आउन सहज गर्नेलगायतका बिषयमा दुवै पक्षबीच सहमति कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?