लण्डन । राजा चाल्र्स तृतीयको आगामी मे ६ तारिखमा यहाँस्थित वेस्टमिनिष्टर गिर्जाघरमा हुनेभएको छ । सात दशकपछि देशमा राज्याभिषेकको तयारी द्रुत गतिमा भइरहेको छ । राज्याभिषेक समारोह तीन दिनसम्म मनाइनेछ । वेस्टमिनिष्टर एबेमा विगत ९०० वर्षदेखि राज्याभिषेक समारोह हुँदै आएका छन् ।
गत सेप्टेम्बरमा महारानी एलिजावेथ द्वितीयको निधन भएपछि राजसिंहासन सम्हालेका राजा चाल्र्सको राज्याभिषेकको निमन्त्रणापत्रमा ‘क्विन कन्सोर्ट’ पदवी पाउनुभएकी क्यामिलालाई रानीको दर्जा दिइएको छ । उहाँले पनि सोही समारोहमा रानी मेरीको मुकुट लगाउनुहुनेछ । राजा जर्ज पाँचौंसँगै रानी मेरीले उक्त मुकुट सन् १९११ पहिरिनुभएको थियो । विश्व इतिहासमा ७० वर्ष राजसिंहासन सम्हाल्ने कीर्तिमान महारानी एलिजावेथका नाममा दर्ज भएको छ ।
वकिङघम राजप्रासादले सार्वजनिक गरेको निमन्त्रणासम्बन्धी एक विवरण अनुसार राज्याभिषेक समारोहमा दुई हजार पाहुनालाई आमन्त्रण गरिनेछ । राजाप्रसादले आमन्त्रण हुने व्यक्तिको सूची जारी गरेको छैन । राजा चाल्र्सले राजमुकुट लगाउने समारोह उहाँकी आमाको सन् १९५३ मा भएको राज्याभिषेक समारोहभन्दा छोटो हुनेछ ।
महारानी एलिजावेथको राज्याभिषेक समारोह करिब तीन घण्टा चलेको थियो भने त्यसमा १२९ राष्ट्रका आठ हजार २५१ देश र क्षेत्रका प्रतिनिधिले भाग लिएका थिए । दुई हजार पाहुनाले भाग लिने राजा चाल्र्सको राज्याभिषेक करिब एक घण्टा चल्नेछ । राजप्रासादले रानी क्यामिला र राजा चाल्र्सको औपचारिक तस्वीर र निम्तापत्र पनि सार्वजनिक गरेको छ ।
ब्रिटिश बोडकास्टिङ कर्पोरेसन (बिबीसी)लगायत विश्वका प्रमुख विद्युतीय सञ्चारमाध्यमबाट प्रत्यक्ष प्रसारण हुने राज्याभिषेक समारोह सशरीर उपस्थित भएर हेर्न संसारभरका देशबाट राजनेता, राष्ट्र तथा सरकार प्रमुख, राजारानी एवं राजपरिवारका सदस्य, विश्वका विभिन्न देशका प्रतिष्ठित व्यक्ति उपस्थित हुनेछन् ।
यसैबीच, मोनाकोका राजकुमार अल्बर्ट, जापानका राजकुमार फुमिहितो र भार्या किकोलगायत केही विदेशी राजपरिवारले समारोहमा उपस्थित हुने जनाएका छन् । अमेरिकाको प्रतिनिधित्व प्रथम महिला जिल बाइडेनले गर्ने हुनुभएको छ । विविध सांस्कृतिक कार्यक्रमका साथ मनाइने राज्याभिषेक समारोहमा एक दिन अर्थात् मे ८ मा बेलायतभर सार्वजनिक बिदा दिइनेछ । रासस/एएफपी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच