उम्मेदवारको अन्तिम नामावली प्रकाशन आज, चुनाव चिन्ह पनि आजै दिइने

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । आगामी वैशाख १० गते हुने उपनिर्वाचनका उम्मेदवारहरूको आज अन्तिम नामवली प्रकाशन गरिँदै छ । उम्मेदवारी फिर्ता लिन इच्छुक उम्मेदवारका लागि बिहीबार बिहान ९ बजेदेखि १ बजेसम्मका लागि समय तोकिएको छ ।

त्यसपछि अन्तिम नामावली प्रकाशन हुनेछ । नामावली प्रकाशन भएपछि उम्मेदवारले आजै चुनाव चिह्न पाउनेछन् । चितवन–२, तनहुँ–१ र बारा–२ मा हुने उपनिर्वाचनका लागि गत सोमबार उम्मेदवारी दर्ता भएको थियो ।

ADVERTISEMENT

गत मंसिर ४ गते भएको निर्वाचनमा चितवन–२ बाट निर्वाचित रास्वपा सभापति रवि लामिछाने नागरिकता विवादमा दोषी ठहर भएसँगै पदमुक्त भएपछि उपनिर्वाचन गर्न लागिएको हो ।

त्यस्तै, तनहुँ–१ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति र बारा–२ बाट निर्वाचन रामसहाप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएकाले उपनिर्वाचनबाट सो रिक्त पदपूर्ती गर्न लागिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?