निर्माण उद्योगका समस्याबारे अर्थमन्त्रीलाई ध्यानाकर्षण

Read Time = 2 mins

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले निर्माण उद्योगको विद्यमान समस्या र समाधानका उपायबारे अर्थमन्त्रीलाई ध्यानाकर्षण गराएको छ । महासंघका अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले अर्थमन्त्री डा. प्रकाशशरण महतसमक्ष निर्माण उद्योग असहज अवस्थामा रहेको अवगत गराउँदै समस्या समाधानका लागि पहल गरिदिन आग्रह गरेको छ ।

ADVERTISEMENT

निर्माण व्यवसायीले सार्वजनिक खरिद ऐनबमोजिम पाउनुपर्ने २० प्रतिशत मोबिलाइजेसन पेस्की नपाउँदा राज्यको ‘सप्लाई चेन’ मै समस्या आई समग्र अर्थतन्त्रमा प्रतिकूल प्रभाव परेको अध्यक्ष सिंहले बताउनुभयो । निर्माण व्यवसायीको ६० अर्ब रुपैयाँभन्दा बढी रकम भुक्तानी नभएकोतर्फ ध्यानाकर्षण गराउँदै उहाँले समस्या समाधानका लागि पहल गरिदिन आग्रह गर्नुभयो । मूल्यवृद्धिका कारण साना निर्माण व्यवसायी अझ बढी मारमा परेको भन्दै अध्यक्ष सिंहले महासंघको हालै सम्पन्न २४औँ साधारणसभाबाट पारित घोषणापत्रबारे मन्त्री महतलाई जानकारी गराउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?