तेस्रो सहकारी महासम्मेलनको पार्टनर इन्फोडेभलपर्स

Read Time = 2 mins

काठमाडौं । सहकारीको दिगोपनका लागि स्वनियम तथा सुशासन भन्ने मूल नाराका साथ तेस्रो राष्ट्रिय सहकारी महासम्मेलन २०७९ मा इन्फोडेभलोपर्स डिजिटल पार्टनर हुने भएको छ । महासम्मेलन आगामी चैत २३ गतेदेखि २५ गतेसम्म काठमाडौंमा हुुँदैछ । महासम्मेलनमा ११ वटा विषयमा व्यापक छलफल हुनेछ । जसमा पूर्वअर्थमन्त्री, मन्त्री, पूर्वगभर्नर, सचिवसहित अन्तर्राष्ट्रिय सहकारी विज्ञको प्रस्तुति रहनेछ । साथै अष्ट्रेलिया, जापान, भारतलगायतका विज्ञको पनि मुख्य प्रस्तुति रहने आयोजक राष्ट्रिय सहकारी महासंघले जनाएको छ ।

यसअघि सन् २०१८ अप्रिल ४ देखि ५ मा दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी भन्ने नाराका साथ दोस्रो महासम्मेलन गरिएको थियो । महासम्मेलनले उत्पादन वृद्धि, रोजगारी सिर्जना र गरिबी न्यूनीकरणमा आफ्नो क्षेत्रको भूमिका बढाउनेलगायतका विषय समेटेर १० बुँदे घोषणापत्र जारी गरेको थियो ।

ADVERTISEMENT

महासंघ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको संयुक्त आयोजनामा प्रत्येक ५/५ वर्षमा महासम्मेलन हुँदै आएको सहकारी महासंघका अध्यक्ष मीनराज कँडेलले बताउनुभयो । महासम्मेलनको डिजिटल पार्टनरका रूपमा रहेको इन्फोडेभलपर्स सहकारी तथा लघुवित्तका लागि विभिन्न सफ्टवेयर प्रोडक्ट र परियोजनामा काम गरिरहेको कम्पनी हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?