टेलिकम कार्यालयमा फोहोर फालियो

Read Time = 1 min

वीरगञ्ज । नेपाल टेलिकमले प्रादेशिक निर्देशनालय वीरगञ्जस्थित मधेश प्रदेशको कार्यालय परिसरभित्र मंगलबार बिहान १५/२० जना अनधिकृत व्यक्तिको समूहले ट्र्याक्टरबाट फोहोर फालेको भन्दै आपत्ति जनाएको छ ।

ADVERTISEMENT

महानगरको सफा र सुन्दर नगर निर्माण गर्ने अभियानविरुद्ध हुने गरी उक्त समूहद्वारा भएको घटनाका कारण निर्देशनालयको वातावरण दुर्गन्धित भई स्वास्थ्यमा प्रतिकूल असर पर्ने देखिनुका साथै कार्यालयको काम गर्ने वातावरणमा समेत नकारात्मक असर पर्न गएको भन्दै कम्पनीले खेद व्यक्त गरेको छ । कम्पनीले उक्त अमर्यादित घटना हुन नदिन सम्बन्धित सबैको ध्यानाकर्षणसमेत गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?