प्रतितोला एक हजार रुपैयाँले बढ्यो सुनको मूल्य

Read Time = 1 min

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ । मंगलबार सुनको भाउ एकैदिन प्रतितोला एक हजार रुपैयाँ बढेको हो । यसअघि सोमबार प्रतितोला ६०० रुपैयाँ घटेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

ADVERTISEMENT

सोमबार छापावाल सुन प्रतितोला १ लाख ८ हजार र तेजाबी सुन प्रतितोला १ लाख ७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

मंगलबार चाँदीको मूल्य १० रुपैयाँले बढेको छ । मंगलबार चाँदी प्रतितोला १४ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला १३ सय ९० रुपैयाँमा किनबेच भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?