नयाँ वित्तीय साक्षरता मार्गदर्शन जारी

Read Time = 4 mins

काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय साक्षरता मार्गदर्शन २०७९ जारी गरेको छ । वित्तीय साक्षरता अभियान प्रवद्र्धन गर्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि ‘वित्तीय साक्षरता ढाँचा, २०७९’ जारी गरिसकेकोमा पछिल्लो पटक जारी गरिएको मार्गदर्शनले वित्तीय साक्षरताका लागि आवश्यक संस्थागत पूर्वाधार निर्माण गर्न सहयोग पुग्ने विश्वास गरिएको छ । वित्तीय चेतना, ज्ञान र सीपको अभिवृद्धि गर्दै जिम्मेवार वित्तीय आचरण विकास गर्ने तथा आधुनिक वित्तीय प्रविधि प्रयोगलाई सरल, सहज र प्रभावकारी बनाउने नयाँ मार्गदर्शनको उद्देश्य रहेको छ । अब बैंक तथा वित्तीय संस्थाले वार्षिक कार्यक्रम तयार पारेरै वित्तीय साक्षरताका कार्यक्रम सञ्चालन गर्नुपर्नेछ ।

वित्तीय ज्ञान अभाव भएका व्यक्तिलाई औपचारिक प्रणालीमा आबद्ध गराउन बैंक तथा वित्तीय संस्थाको भूमिका रहने गरी मार्गदर्शन तयार पारिएको छ । वित्तीय साक्षरता कार्यक्रम प्रभावकारीरूपमा सञ्चालन गर्न आवश्यक संरचना विकास गर्ने र लक्षित वर्गका लागि उपयुक्त हुने गरी वित्तीय ज्ञानका विविध क्षेत्र समेटी व्यवस्थितरूपमा योजना तयार गर्नुपर्ने मार्गदर्शनमा उल्लेख छ ।

ADVERTISEMENT

लक्षित ग्राहकको वर्गीकरणसमेत गर्नुपर्नेछ । कुनै रोजगारमा आबद्ध भएका, कृषक, साना उद्यमी, विद्यार्थी, महिला, युवा, रेमिट्यान्स पाउने व्यक्तिका लागि फरक-फरक खालको वित्तीय साक्षरता आवश्यक पर्ने भएकाले ग्राहकको वर्गीकरण आवश्यक पर्ने भएको हो । बैंक तथा वित्तीय संस्थाले वित्तीय साक्षरता कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि केन्द्रीय कार्यालयमा वित्तीय साक्षरता इकाई स्थापना गर्नुपर्ने वा कुनै इकाईलाई सोको जिम्मेवारी दिनुपर्नेछ ।

उक्त इकाईले वित्तीय साक्षरतासम्बन्धी वार्षिक कार्ययोजना तयार पार्नुपर्ने र स्थानीय तथा प्रादेशिकस्तरमा विभिन्न कार्यक्रम सञ्चालन गर्नुपर्नेछ । कार्यक्रम सञ्चालन गर्दा दुर्गम र वित्तीय पहुँच कम भएका स्थानलाई प्राथमिकतामा राख्नुपर्नेछ । वित्तीय साक्षरतासम्बन्धी सामग्री सम्प्रेषण गर्दा बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने सेवाबारे स्पष्ट पार्नुपर्नेछ । बैंक तथा वित्तीय संस्थाले वित्तीय सारक्षता कार्यक्रम सञ्चालन गरे÷नगरेको बारे राष्ट्र बैंकले अनुगमनसमेत गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?