दोलखा । जिरी उद्योग वाणिज्य संघको अध्यक्षमा बाबुराजा श्रेष्ठ निर्वाचित हुनुभएको छ । संघको मंगलबार सम्पन्न पाचौँ वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनबाट उहाँ अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
अध्यक्षका लागि श्रेष्ठ र गेल्बु शेर्पाबीच प्रतिस्पर्धा भएको थियो । तर, श्रेष्ठ ९७ मत प्राप्त गरी विजयी हुनुभयो भने शेर्पाले ८२ मत प्राप्त गर्नुभएको निर्वाचन समितिले जानकारी दिएको छ ।
प्रथम उपाध्यक्षमा आङ्गेल्जी शेर्पा, द्वितीय उपाध्यक्षमा शिवकुमार बस्नेत, महासचिवमा अनिल कार्की, सचिवमा सुमन सायमी तथा कोषाध्यक्षमा सुरज खड्का रहनुभएको छ । सदस्यमा गया श्रेष्ठ, यामबहादुर खत्री, दिपेन्द्र खड्का तथा पेमाटुन्डु शेर्पा निर्वाचित भएको संघले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच