संस्कृति इन्टरनेसनल स्कुलको स्थापना दिवस

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । संस्कृति इन्टरनेसनल स्कुलले विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाएको छ । काठमाडौंको हल्चोकस्थित आफ्नै विद्यालय हाताभित्र आयोजित कार्यक्रमको उद्घाटन डा. राजेश गोँगलले गर्नुभएको थियो । स्कुलले विश्व हाँक्न सक्ने नयाँ पुस्ता निर्माणमा होस्टेमा हैँसे गर्दै आएकोे संस्कृति इन्टरनेसनल स्कुलकी प्राचार्य तिमिला श्रेष्ठले बताउनुभएको थियो ।

सो अवसरमा विद्यालयका नानीबाबुद्वारा लिखित सिर्जनात्मक लेखनलाई गोडमेल गर्न विद्यालयले प्रकाशित गरेको ‘संस्कृति मञ्जरी’ को डा. गोँगल, विद्यालयका अध्यक्ष रञ्जित आचार्य, विद्यालय निर्देशक दिप्ती आचार्य तथा विद्यालयकी प्राचार्य तिमिला श्रेष्ठले संयुक्तरूपमा विमोचन गर्नुभएको थियो । विद्यार्थीको प्रतिभा प्रस्फुटन र समाजसेवाबारेको सोचलाई मलजल गर्न प्रत्येक वर्ष आयोजना गरिने ‘संस्कृति स्टुडेन्ट अफ द इयर’ का विषयमा विद्यालयकी माध्यमिक तह संयोजक श्रोमोना थापाले चर्चा गर्नुभएको थियो ।

ADVERTISEMENT

कार्यक्रममा सामूहिक कार्य प्रस्तुति चरण, सामुदायिक सेवा परियोजना प्रस्तुति चरण र वैयक्तिक सीप प्रस्तुति चरण गरी तीन चरणमा भएको प्रतियोगितामा सामुदायिक सेवा परियोजना प्रस्तुति प्रथम, द्वितीय र तृतीय क्रमशः वरिष्ठ न्यौपाने, रेयान राजन पुन र समृद्धि खड्का र वैयक्तिक सीप प्रस्तुति चरणका प्रथम, द्वितीय र तृतीय क्रमशः नितिशा गुरुङ, रेयान राजन पुन र वरिष्ठ न्यौपाने हुनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?