सानिमा मिडिल तमोर हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

Read Time = 2 mins

काठमाडौ । सानिमा मिडिल तमोर हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । उक्त आइपीओमा आज कार्यालय समयभित्रमा आवेदन दिनुपर्ने हुन्छ । कम्पनीले फागुन २६ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको थियो ।

कम्पनीको आफ्नो जारी पुँजी ३ अर्ब ३३ करोड २५ लाख रुपैयाँको १५ प्रतिशतको ८९ करोड ९८ लाख ७५ हजार रुपैयाँ बराबरको ४९ लाख ९८ हजार ७५० कित्ता सेयर बिक्रीमा ल्याएको छ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि भने १० प्रतिशतले हुन आउने ४ लाख ९९ हजार ८७५ कित्तां सेयर र सामूहिक लगानी कोषहरुको लागि ५ प्रतिशत अर्थात २ लाख ४९ हजार ९३६ कित्ता सेयर बाँडफाँट गरिसकिएको छ । कम्पनीले सर्वसाधारणका लागि बाँकी रहेको ४२ लाख ४८ हजार ९३८ कित्ता सेयर बिक्री गरेको छ ।

ADVERTISEMENT

यसमा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटल लिमिटेडले गरेको छ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । सी-आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ ।

यसलाई रेटिङ एजेन्सी केयर नेपालले ‘केयर एनपी डबल बी’ रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?