अमेरिकामा आठ प्रतिशतले घटे स्नातकका विद्यार्थी

Read Time = 1 min

न्यूयोर्क । संयुक्त राज्य अमेरिकामा लाखौंको संख्यामा उच्च माध्यमिक विद्यालयका छात्रछात्राहरूले स्नातक तहको पढाइलाई छोड्न थालेका र प्रमाणपत्रको आवश्यकता नपर्ने एक घण्टाको जागिर वा क्यारियरतर्फ मोडिरहेको एनबीसी न्यूजले बिहीबार रिपोर्ट गरेको छ ।

‘नेसनल स्टुडेन्ट क्लियरिङ हाउस’को तथ्यांक अनुसार सन् २०१९ देखि २०२२ सम्ममा देशभर स्नातक तहको भर्ना दर आठ प्रतिशतले घटेको छ ।

ADVERTISEMENT

अमेरिकी श्रम सांख्यिकी ब्युरोका अनुसार सन् २०१८ यता कलेज जाने दरमा आएको गिरावट अहिलेसम्मकै सबैभन्दा ठूलो हो । यसले कलेजबाट लिइने डिग्रीको मूल्यमा थोरै विश्वास गर्ने नयाँ पुस्तालाई संकेत गर्न सक्ने अर्थशास्त्रीहरूले विश्वास गरेका छन् । धेरै विद्यार्थीहरू उच्च ट्युसन र कलेज जाँदा विद्यार्थी ऋणको सम्भावनाबाट विचलित भएका रिपोर्टमा बताइएको छ । रासस/सिन्हृवा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?