प्रचण्ड र माधव नेपालहरूले राजनीतिमा बेइमानी गरे : ओली

हिमालय टाइम्स कालिकोट, संवाददाता

फाइल तस्बिर

हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपाल प्रतिक्रियावादीको सेवामा समर्पित भएर लागिपरेको आरोप लगाउनुभएको छ । विधि र प्रक्रिया भन्दै नेपालले प्रतिक्रियावादीको सेवाका लागि पार्टी विभाजन गरेर उहाँहरूलाई चोइटो बुझाएको अध्यक्ष ओलीको जिकिर थियो । शुक्रबार ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आयोजित पार्टीनिकट नेपाल खेलकुद महासंघको नवनिर्वाचन केन्द्रीय कमिटीको शपथग्रहण समारोहमा बोल्दै उहाँले राजनीतिमा इमानदार प्रयास नगरेका कारण माधव नेपालहरूले सफलता हासिल गर्न नसकेको तर्कसमेत गर्नुभयो ।

अध्यक्ष ओलीले दुईतिहाइ पुगेको नेकपालाई कमजोर बनाएर प्रचण्ड, माधव नेपालहरूले राजनीतिमा बेइमानी गरेको बताउनुभयो । उहाँले खेलाडीहरूलाई पनि फउल खेलेर श्रेष्ठता हासिल हुन्छ भन्ने भ्रम नपाल्न आग्रह गर्नुभयो । निरन्तरको इमानदार प्रयासबाट मात्रै खेलाडीले सफलता हासिल गर्नसक्ने उल्लेख गर्दै उहाँले सोही अनुसारको अघि बढ्न खेलाडीको ध्यानाकर्षण गराउनुभयो । ‘हामीले हाम्रै आन्दोलनमा देखेका छौँ । फउल खेल्नेले दुई तिहाइमा पुगेको पार्टीलाई कमजोर बनाएको । दुई तिहाइको हैसियतको पुगेको आन्दोलनलाई विभाजित गराए’, उहाँले भन्नुभयोे, ‘विधि, प्रक्रिया भन्दै प्रतिक्रियावादीको सेवामा समर्पित भएर पार्टी फुटाएर लगेर चोइटो प्रतिक्रियावादीलाई बुझाउने दुष्चेष्टा गरे । तर, तिनीहरूले वास्तविक सफलता हासिल गर्न सकेनन् ।’

ADVERTISEMENT

उहाँले हरेक क्षेत्रमा सबैले इमानदार हुनुपर्ने तर्क गर्नुभयो । ‘क्रिएसनमा सफलता प्राप्त गर्नका लागि अभ्यासद्वारा श्रेष्ठता हासिल गर्नुपर्दछ । श्रेष्ठता हासिल बेइमानीले हुँदैन । इमानदार प्रयासबाट हुन्छ । त्यसकारण मैले सुरुमै भनँे सफलताको पुँजी, सफलताको रहस्य इमानदार प्रयास हो,’ उहाँले भन्नुभयो ।

अध्यक्ष ओलीले एम्बाप्पे, मेसीजस्ता खेलाडीहरू नेपालमा पनि हुनसक्ने भन्दै त्यसका लागि ध्यान दिन पनि नेपाल खेलकुद महासंघलाई सचेत गराउनुभयो । उहाँले देखिने गरी खेल क्षेत्रको विकास गर्न र राजनीतिलाई पनि सही बाटोमा हिँडाउने काममा महासंघ सफल हुने विश्वाससमेत व्यक्त गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?