बढेको जीवन बीमा पोलिसी र घटेको एजेन्ट संख्या

Read Time = 12 mins

✍️ निनाम लोवात्ती

गत साउन ३० गते अर्थ संसार अनलाइनमा आएको समाचार अनुसार असार मसान्तसम्ममा नेपालमा ४१ दशमलव २१ प्रतिशत नेपालीहरूले जीवन बीमा गरेका छन् । तर, त्यो संख्या एकै प्रकारका जीवन बीमा पोलिसी नभएर विभिन्न प्रकारका जीवन बीमा पोलिसी हुन् । किनभने, जीवन बीमा सामान्यतया चार प्रकारका हुन्छन् । जस्तै म्यादी जीवन बीमा, लघु म्यादी जीवन बीमा, वैदेशिक रोजगार जीवन बीमा र सावधिक जीवन बीमा । त्यस्तै गत कात्तिक ३ गते, विसं २०७९ को मितिमा ‘इन्स्योरेन्स खबर’ अनलाइनमा प्रकाशित अर्को समाचार अनुसार नेपालमा जीवन बीमा अभिकर्ताका रूपमा तालिम लिएर अभिकर्ता बनेका मध्ये ४२ प्रतिशत अभिकर्ताले आफ्नो लाइसेन्स नवीकरण गरेरनन् ।

राष्ट्रिय बीमा समितिले पनि सबै जीवन बीमा कम्पनीमा कार्यरत अभिकर्तालाई आप्mनो लाइसेन्स नवीकरण गर्न गत असोज मसान्तसम्मको म्याद दिएको थियो । सो मितिसम्म विभिन्नि जीवन बीमा कम्पनीमा कार्यरत आधाभन्दा केही बढी अभिकर्ताले मात्रै आफ्नो लाइसेन्स नवीकरण गरेका छन् ।

सो समाचारमा जनाइएनुसार सो तथ्यांक विसं २०७९ को असोज महिनासम्मको हो । यसरी तथ्य-तथ्यांक हेर्दा एकातिर बीमा गर्ने बीमितको संख्या बढेको देखिन्छ भने, बिमितको घर-आँगनमा गएर मानिसलाई बीमा गराउन प्रोत्साहित गर्ने–दिने अभिकर्तामध्ये ४२ प्रतिशत संख्या निष्क्रिय रहेको देखिएको छ । जीवना बीमासम्बन्धी जानकारहरूका अनुसार जीवन बीमा अभिकर्ताका रूपमा तालिम लिएर अभिकर्ता बनेका वा जीवन बीमा अभिकर्ताका रूपमा तालिम लिएका अभिकर्ता (एजेन्ट)मध्ये यसरी ४२ प्रतिशतले आफ्नो लाइसेन्स नै नवीकरण नर्गनुको कारण के हो भने, ‘नेपालमा जीवन बीमा अभिकर्ताका रूपमा तालिम लिएर अभिकर्ता बनेर केही कमाई गर्ने, बीमा गराएबापत आउने कमिसनले गुजारा गर्ने, जीवनमा आइपर्ने आर्थिक कठिनाइलाई समाधान गर्ने एक माध्यम बनाउने, सर्वसाधारण मानिसलाई जीवन बीमाबारे बुझाउने, जीवन बीमासम्बन्धी महत्वपूर्ण ज्ञान दिनुका साथै व्यापक रूपमा जनचेतना फैलाउने कार्यमा सहभागी हुनेभन्दा पनि आफूले गर्ने जीवन बीमाको कमिसन अरूलाई किन दिने ? भनी आफ्नो जीवन बीमा गरेको कमिसन आफैँ खानका लागि मात्रै जीवन बीमा अभिकर्ता बनेका हुनाले त्यस्ता अभिकर्ता अर्थात् एजेन्टहरूले आफ्नो अभिकार्तको लाइसेन्स नवीकरण नगरेका हुन् ।’

हुन त यसरी मानिसहरूलाई उल्टो बुद्घि दिने पनि जीवन बीमा क्षेत्रमा कार्यरत अभिकर्ताहरू नै हुन् भन्ने भनाइ छ । त्यस्तो उल्टो बुद्धि दिने अभिकर्ता कस्ता अभिकर्ता हुन् ? किनभने, यो लेखको पंक्तिकारले नेपालमा ठीक-ठीकै बिक्ने दुईवटा दैनिक पत्रिकामा कार्यरत व्यक्तिलाई जीवन बीमा गरौं न भनी आग्रह गर्दा उनीहरूले आफ्ना साथीले अरूलाई किन कमिसन खान दिन्छौ, त्यत्रो कमिसन आउँछ ! त्यसैले तिमी आफैँ तालिम गरेर अभिकर्ता बन, ‘आफ्नो, आफ्नो परिवार र आफ्ना नातागोताको जीवन बीमा आफ्नै कोडमार्फत गर, कमिसन त मालामाल ! भनी निःशुल्क बुद्घि दिए भनी सुनाएका थिए ।

अब त राष्ट्रिय बीमा समितिले पनि सबै जीवन बीमा कम्पनीमा कार्यरत अभिकर्तालाई आफ्नो लाइसेन्स नवीकरण गर्न गत असोज मसान्तसम्मको म्याद दिएको थियो । सो मितिसम्म विभिन्नि जीवन बीमा कम्पनीमा कार्यरत आधाभन्दा केही बढी (५८ प्रतिशत) अभिकर्ताले मात्रै आफ्नो लाइसेन्स नवीकरण गरेका छन् । यसरी नेपालमा जीवन बीमा अभिकर्ताका रूपमा तालिम लिएर अभिकर्ता बनेका वा जीवन बीमा अभिकर्ताका रूपमा तालिम लिएका अभिकर्ता (एजेन्ट)मध्ये ४२ प्रतिशतले आफ्नो लाइसेन्स नै नवीकरण नगर्नुको खास कारण के हो ? सम्बन्धित सरोकारवाला निकायले खोज्नुपर्ने देखिन्छ ।

ADVERTISEMENT

किनभने, यो पंक्तिकारले देखे र अनुभव गरेनुसार नेपालमा जीवन बीमा अभिकर्ताका रूपमा तालिम लिएर अभिकर्ता बनेर केही कमाइ गर्ने, त्यसैले (बीमा गराएबापत आउने कमिसनले) गुजारा गर्ने, आर्थिक रूपमा जीवन बीमा अभिकर्ता भएरै आफ्नो आर्थिक संकटलाई भरथेग गर्ने एक सशक्त माध्यम बनाउने, जीवन बीमासम्बन्धी ज्ञान अरूलाई पनि लिने दिने र आफूले जीवन बीमाका सम्बन्धमा नजानेका अथवा जान्न, सिक्न बाँकी रहेका कुरोहरू जान्ने बुझ्ने, जीवन बीमाका सम्बन्धमा व्यापक रूपमा जनस्तरमा जनचेताना फैलाउने आदि उद्देश्य लिएरभन्दा पनि आफूले गर्ने जीवन बीमाको कमिसन अरूलाई किन खान दिने ? भन्ने माथि एक प्रसंगमा भनिएझैँ एक छिनको क्षणिक फाइदा मात्रै हेर्ने प्रवृत्ति भएका (अल्प बुद्घि भएका अभिकर्ता बन्नेहरू) अभिकर्ता बन्ने धेरै भएकाले गर्दा हो ।

त्यसैले त हालसम्म दुई लाख ५० हजार जनाले जीवन बीमासम्बन्धी तालिम लिएर जीवन बीमा अभिकर्ता बनेको तथ्यांक रहेको देखिए तापनि तीमध्ये एक लाख पाँच हजार जना जीवन बीमा अभिकर्ताहरूले आफ्नो लाइसेन्स नवीकरण गरेनन् । यो संख्या आगामी दिनमा झनै घट्ने देखिन्छ । हालसम्म यो पंक्तिकारले जीवन बीमा एजेन्ट भएर काम गरेको अनुभव र मेरो व्यक्तिगत विचारको आधारमा केही भन्नु पर्दा वा लेख्नु पर्दा लाइफ इन्स्योरेन्स कम्पनी, ननलाइफ इन्स्योरेन्स कम्पनी र रिइन्सयोरेन्स कम्पनीका साथै सम्बन्धित सरोकारवाला निकायले लाइफ, ननलाइफ र पुनर्बीमा, तीनै क्षेत्रमा बीमा अभिकर्ता बन्न चाहनेका लागि केही न केही पूर्वसर्त लागू गर्नुपर्ने र ती पूर्वसर्त पूरा नगरेको खण्डमा अर्को वर्ष स्वतः लाइसेन्स खारेज हुने व्यवस्था गर्नुपर्ने देखिन्छ ।

जीवन बीमा अभिकर्ता बनेपछि उसले एक वर्षमा कम्तीमा ५० हजार प्रिमियम ल्याउनै पर्ने वा तीनजना व्यक्तिलाई जीवन बीमा गराउनै पर्ने सीमा वा पूर्वसर्त राख्न सकिन्छ । अन्यथा अर्को वर्ष उसको लाइसेन्स स्वतः खारेज हुने अथवा लाइसेन्स नवीकरण नहुने व्यवस्था गर्न सकिन्छ ।

उदाहरणका लागि यहाँ केही नमुना प्रस्तुत गरौं । मानौं कि कुनै व्यक्ति जीवन बीमासम्बन्धी तालिम लिएर अभिकर्ता बन्यो । त्यसरी जीवन बीमा अभिकर्ता बनेपछि उसले (अभिकर्ताले) एक वर्षमा कम्तीमा ५० हजार प्रिमियम ल्याउनै पर्ने वा तीनजना व्यक्तिलाई जीवन बीमा गराउनै पर्ने सीमा वा पूर्वसर्त राख्न सकिन्छ । अन्यथा अर्को वर्ष उसको लाइसेन्स नवीकरण स्वतः खारेज हुने अथवा लाइसेन्स नवीकरण नहुने व्यवस्था गर्न सकिन्छ । निचोडसहित भन्नु पर्दा समग्र बीमासँग सम्बन्धित निकायले यो छोटो लेखमा उल्लेख गरेनुसार केही व्यवस्था गर्न सकेको खण्डमा एकैचोटि-एकैपटक ४२ प्रतिशतसम्म जीवन बीमा अभिकर्ताले आफ्नो लाइसेन्स नवीकरण नगर्ने प्रवृत्तिमा स्वतः कमी आउला कि ?

साथै नेपालमा कार्यरत जुनसुकै जीवन बीमा कम्पनीले आफ्नो कम्पनीमा यति संंख्यामा अभिकर्ताहरूले तालिम लिएका छन्, भनी अरू जीवन बीमा कम्पनीको भन्दा आफ्नो कम्पनीको संख्या धेरै देखाउनका लागि मात्रै भन्दा कम संख्या भए पनि जीवन बीमा राम्रोसँग बुझेको वा बुझ्न चाहने, अभिकर्ता तालिम लिइसकेपछि आ-आफ्नो परिवार र नातागोताको जीवन बीमा गराउने सक्ने, जुनसुकै समयमा बीमित हुन चाहने व्यक्तिले बोलाएको समयमा उपस्थित हुनसक्ने साथै तालिम अवधिभर समय दिएर सुन्ने धैर्य भएका र भित्री मनैदेखि सिक्न चाहने मानिसलाई मात्रै जीवन बीमा एजेन्ट बन्न प्रोत्साहित गर्ने हो कि ? अन्यथा जो पायो त्यो व्यक्तिलाई अभिकर्ताको तालिम दिँदा बीमा कम्पनीको कापी र कलमको मात्रै नाश हुने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?