टाटाको मेगा होली क्याम्प

Read Time = 2 mins

काठमाडौं । सिप्रदी ट्रेडिङ प्रालिले सम्पूर्ण टाटा कमर्सियल गाडीका लागि मेगा होली क्याम्प आयोजना गरेको छ । होली पर्वका अवसरमा सम्पूर्ण ग्राहकमा शुभकामनास्वरूप क्याम्प योजना ल्याएको कम्पनीले जनाएको छ । सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले बुधबार एक कार्यक्रमबीच क्याम्पकोे शुभारम्भ गर्नुभएको हो ।

ADVERTISEMENT

कम्पनीले टाटा जेन्युइन पार्ट्स तथा टाटा जेन्युइन आयलको मूल्यमा भारी छुट सुविधा प्रदान गरेको भन्दै उक्त सुविधाको भरपूर फाइदा लिन पनि उहाँले ग्राहकलाई आग्रह गर्नुभएको छ । क्याम्पमा सहभागी सम्पूर्ण गाडीको निःशुल्क बम्पर टु बम्पर चेक जाँच, टाटा जेन्युइन पार्ट्समा १५ देखि २२ प्रतिशतसम्म छुट, टाटा जेन्युइन आयलमा २५ प्रतिशत छुट, सर्भिस बुकिङ गरेर आउने गाडीलाई लेवर चार्जमा ५० प्रतिशत छुट र निःशुल्क वासिङ सुविधाका साथै क्याम्पमा सहभागी हुने ग्राहकका लागि अर्को पटक पनि सोही छुट सुविधा भएको सर्भिस छुट कुपन साथमा भाग्यशाली तीनजना ग्राहकलाई स्मार्टफोन जित्ने सुवर्ण अवसर पनि रहेको कम्पनीले जनाएको छ । क्याम्प फागुन २१ गतेसम्म सञ्चालन हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?