महिला उद्यमीका लागि वित्तीय साक्षरता

Read Time = 3 mins

विराटनगर । उद्योग संगठन मोरङ महिला उद्यम समिति र अमेरिकन कर्नर विराटनगरले महिला उद्यमी र व्यवसायीका लागि वित्तीय साक्षरतासम्बन्धी अन्तरक्रिया आयोजना गरेको छ । कार्यक्रममा संगठनका अध्यक्ष सुयश प्याकुरेलले वित्तीय साक्षरताले आर्थिक लक्ष्य निर्धारण, पुँजी व्यवस्थापन, आफ्नो सम्पत्ति संरक्षणका साथै भविष्यमा आइपर्ने जोखिमबारेमा जानकारी प्राप्त गर्न सहयोग पुर्‍याउने भन्दै महिलाहरूलाई वित्तीय क्षेत्रबाट प्रवाह हुने सेवाबाट लाभान्वित हुन आग्रह गर्नुभयो ।

ग्राहकलाई आफूले प्रदान गर्दै आएको सेवा र सुविधाप्रति आकर्षित गर्न वित्तीय साक्षरता अभियानलाई प्राथमिकता दिन वित्तीय संस्थालाई पनि उहाँले सुझाव दिनुभयो । महिला उद्यम समिति संयोजक प्रतिभा रिजालले वित्तीय साक्षरताले महिला उद्यमी व्यवसायीलाई उपयुक्त निर्णय लिन सक्षम बनाउने भएकाले अन्तरक्रिया आयोजना गरिएको बताउनुभयो । बैंकर्स शर्मिला हुमागाईंले वित्तीय लक्ष्य निर्धारण, ऋणको सदुपयोग, खर्च गर्दा अपनाउनुपर्ने सतर्कता, जोखिम वहन क्षमतालगायतका विषयमा प्रकाश पार्दै वित्तीय संस्थाले महिला उद्यमी व्यवसायीको सुविधाका लागि गरेको व्यवस्थाबारेमा जानकारी गराउनुभयो ।

ADVERTISEMENT

बैंकर्स समिर श्रेष्ठले प्रविधिका कारण डिजिटल बैंकिङमा सर्वसाधारणको आकर्षण बढ्दो क्रममा रहेकाले मानिसलाई सेवा उपभोग गर्न बैंकसम्म धाउनुपर्ने बाध्यतामा कमी आएको बताउनुभयो । महिला उद्यमी व्यवसायीलाई डिजिटल बैंकिङ प्रणालीप्रति अभ्यस्त हुन अनुरोध गर्दै उहाँले वित्तीय संस्थाले डिजिटल बैंकिङमार्फत् उपलब्ध गराउँदै आएका सेवाबारे जानकारी दिनुभयो ।

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशकी निवर्तमान अध्यक्ष सरु केसीले महिला उद्यमी व्यवसायीलाई प्रोत्साहित गर्दा राज्य प्रणालीप्रति सकारात्मक सन्देश गई आर्थिक विकासमा सहयोगी सिद्ध हुने भन्दै महिलालाई आफूमा निहित सीपलाई उद्यमशीलता विकासमा रूपान्तरण गर्न आग्रह गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?