सनराइजद्वारा सयवटा वित्तीय साक्षरता कार्यक्रम

Read Time = 1 min

काठमाडौं । सनराइज बैंकले पूर्वको तेह्रथुमदेखि पश्चिमको दार्चुलासम्म सातवटै प्रदेशमा एक सयवटा वित्तीय साक्षरता कार्यक्रम गरी ‘ग्लोबल मनी विक’ मनाएको छ । देशभरका शाखा र सामाजिक सञ्जालमार्फत् विभिन्न कार्यक्रम र सूचना प्रवाह गरी दिवस मनाएको हो ।

कार्यक्रमअन्तर्गत बैंकिङ सेवा, बचत, ऋण, विद्युतीय बैंकिङ सेवा र यसमा अपनाउनुपर्ने सावधानीलगायतका विषयलाई समावेश गरी देशभरिका विभिन्न एक सय स्थानका युवालाई समेटेर वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको हो ।

ADVERTISEMENT

कार्यक्रमले युवाहरूमा वित्तीय साक्षरता अभिवृद्धि, वित्तीय निर्णय गर्ने क्षमता विकास, सानैदेखि बचत गर्ने बानी, बैंकिङ सेवासुविधाको सही उपयोगिता, बैंकिङ विवरण दिँदा हुन सक्ने झमेला र ठगीलगायतका विषयको सचेतनाले उनीहरू र उनीहरूसँग जोडिएका परिवारको आर्थिक समृद्घिमा योगदान पुर्‍याउने बैंकको विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?