नबिलको हरितगृह ग्याँस उत्सर्जन प्रतिवेदन

Read Time = 3 mins

काठमाडौं । नबिल बैंकले ‘हरितगृह ग्याँस उत्सर्जन’ प्रतिवेदन सार्वजनिक गरेको छ । बैंकले पूर्वाधार तथा परियोजना वित्तीय डिभिजनअन्तर्गत ऋण तथा लगानी पोर्टफोलियोबाट सन् २०२२ का लागि हरितगृह ग्याँस(जिएसजी) उत्सर्जन प्रतिवेदन सार्वजनिक गरेको हो । सन् २०२१ मा कार्बन एकाउन्टिङ फाइनान्सियल (पिसिएएफ) हस्ताक्षरकर्ता रहेको बैंकले बैंकका अनुसार प्रतिबद्धतापत्रको अंशका रूपमा प्रतिवेदन सार्वजनिक गरिएको जनाएको छ ।

आइपिएफ पोर्टफोलियोले ऊर्जा, सिमेन्ट, एयरलाइन्स, दूरसञ्चार सेवाजस्ता व्यावसायिक क्षेत्रमा लगानी र ऋणको दायरा समावेश गर्दै आएको । आइपिएफ पोर्टफोलियोले दिगो बैंकिङ डिभिजनअन्तर्गत बैंकको ऋण र लगानी पोर्टफोलियोबाट कार्बन उत्सर्जन मापन गर्न सेट गरिएको थियो । सन् २०२२ मा कुल ८० हजार छ सय ७१ टन कार्बन उत्सर्जन भएकोमा बैंकले जलविद्युत् तथा सौर्य ऊर्जामा गरेको लगानीले दुई हजार एक सय ३१ टन कार्बन उत्सर्जन न्यूनीकरण भएको प्रतिवेदनमा उल्लेख छ ।

ADVERTISEMENT

कार्बन उत्सर्जन न्यूनीकरणमा हासिल गरेको सफलता महत्वपूर्ण भए पनि कार्बन फुट प्रिन्ट घटाउन सक्रियरूपमा काम गरिरहेको बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘हाम्रो लक्ष्य प्राप्त गर्न पारदर्शिता आवश्यक छ । नेट शून्य कार्बन फुट प्रिन्टको लक्ष्य हासिल गर्न बैंकले गर्ने लगानीबाट प्राप्त प्रगतिबारे जानकारी गराउँदै जानेछौँ ।’ आफ्ना कर्मचारीलाई कार्यालयभित्र र बाहिर दुवै ठाउँमा दैनिक जीवनमा दिगो अभ्यासका लागि प्रोत्साहित गर्ने र स्वच्छ ऊर्जा स्रोतमार्फत् आफ्ना काम क्रमशः ‘डि–कार्बनाइज’ गर्दै जाने बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?