काठमाडौंमा मेयर साहविरुद्ध प्रदर्शन (भिडियाेसहित)

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहविरुद्ध प्रर्दशन गरिएको छ ।

संविधान र कानुन विपरित सुकुम्बासीहरुलाई उठिबास लगाउने कामको नेतृत्व लिएको भन्दै मेयर साहविरुद्ध सोमबार काठमाडौंको नयाँ बानेश्वरदेखि माईतीघर मण्डलासम्म र्‍यालीसहितको विरोध प्रर्दशन गरिएको हो ।

आफूहरुलाई उठिबास लगाउने काममा मेयर साह लागेपछि त्यसको विरोधमा सुरु गरिएको प्रर्दशनलाई निरन्तरता दिनु परेको संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा, नेपालका अध्यक्ष कुमार कार्कीले बताउनु भयो । उहाँले संविधान, कानुन विपरित भूमिहिनहरुलाई जग्गाधनी पूर्जा दिनुको साटो उठिबास लगाउने प्रयास काठमाडौं महानगरपालिका र मेयर साहले गरिरहे कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी समेत दिनु भयो ।

ADVERTISEMENT

विरोध प्रर्दशनमा पक्राउ परेका भूमि अभियन्ताहरुलाई निःशर्त रिहा गर्न, उनीहरुमाथि लगाइएको सबै झुटा मुद्धा खारेज गर्नुपर्ने मागसहितको नाराबाजी गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?