बेलायती संसदीय टोली एनएमबीको भ्रमणमा

Read Time = 2 mins

काठमाडौं । सन् २०२३ मार्च १४ मा ब्रिटिस इन्टरनेसनल इन्भेष्टमेन्टका अध्यक्ष सारा च्याम्पियनको नेतृत्वमा बेलायतको हाउस अफ कमन्सका प्रतिनिधि र ब्रिटिस इन्टरनेसनल इन्भेष्टमेन्टका सदस्य समूहले एनएमबी बैंकको भ्रमण गर्नुभएको छ ।

एनएमबी बैंकको ब्रिटिस इन्टरनेसनलसँगको सहकार्यपछिको प्रगतिबारे अवलोकन गरी एनएमबी बैंकले कार्यान्वयन गर्दै आएको दिगो बैंकिङ अभ्यासको जानकारी लिनु भ्रमणको मुख्य उद्देश्य रहेको थियो ।

ADVERTISEMENT

एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले टोलीलाई बैंकले दिगो बैंकिङ अभ्यास कार्यान्वयनपछि गरेको प्रगति विवरणको समीक्षा गर्दै बैंक तथा समग्र देशको दिगो विकास लक्ष्य प्राप्तिमा पुर्‍याएको योगदानबारे प्रकाश पार्नुभयो ।

उहाँले नेपालको दिगो तथा समावेशी आर्थिक विकासबीच रहेको स्रोतसाधनको अन्तरपूर्ति गर्न ब्रिटिस इन्टरनेसनल जस्ता संस्थाले प्रदान गर्ने अनुदानको महत्वबारे चर्चा गर्नुभयो । भ्रमण टोलीले बैंकले जलविद्युत् परियोजनामार्फत् समुदाय विकासमा पुर्‍याएको योगदानको प्रशंसा गरेको बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?