दलका नेता परिवर्तनको बहसमा नेकपा माओवादी केन्द्र

पेचिलो बन्दै नयाँ सरकार गठनको विषय

विवेक खड्का दाङ, संवाददाता
विवेक खड्का दाङ, संवाददाता
Read Time = 4 mins

दाङ । लुम्बिनी प्रदेशमा माओवादी संसदीय दलका नेता जोखबहादुर महराको विकल्प खोज्नुपर्ने नेकपा माओवादी केन्द्रभित्रै आवाज उठेको छ । जसले गर्दा लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनको विषय पेचिलो बन्दै गएको छ । नेकपा एमालेको नेतृत्वमा रहेको सरकार बदल्न हाल सरकारमै रहेको नेकपा माओवादी केन्द्रभित्रै विवाद बढेपछि लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनको विषय पेचिलो बन्दै गएको हो । ‘उहाँ (जोखबहादुर) संसदीय दलको नेताको रूपमा बन्न खोज्नुभएन । एउटा गुटको मात्रै नेता बन्न खोज्नुभयो’, माओवादी नेता तथा प्रदेशसभा सदस्य धनबहादुर मास्कीले भन्नुभयो, ‘हामी उहाँको विकल्प खोज्न सक्छौँ ।’

जिम्मेवारी बाँडफाँडको विषयमा असन्तुष्ट रहनुभएकी माओवादी कन्द्रकै नेतृ कृष्णा केसीले यो विषयमा समेत विमति राख्नुभएको छ । लुम्बिनी प्रदेशमा माओवादी संसदीय दलका नेता महराको नेतृत्वमा सरकारमा सहभागी भएको थियो । उहाँसँगै तीनजना मन्त्री छन् । तर, सुरुमा बिना विभागीय मन्त्रीको जिम्मेवारीमा रहनुभएकी र पछि जिम्मेवारी तोकिएकी कृष्णा केसीलाई मन्त्रीको रूपमा काममा खटाइएको छैन ।

ADVERTISEMENT

तर, नेकपा माओवादीभित्र संसदीय दलको नेता फेर्नेसम्मको विवाद नरहेको भौतिक पूर्वाधार विकासमन्त्री इन्द्रजित थारूले बताउनुभयो । हामी संसदीय दलको बैठक बस्छौँ । भावी योजनाको बारेमा छलफल गरेर निर्णयमा पुग्छौँ थारूले हिमालय टाइम्ससँग भन्नुभयो ।
यता, नयाँ समीकरणको आधारमा सरकार फेर्ने विषयमा नयाँ गठबन्धन सक्रिय बन्न थालेको छ । नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा सरकार गठन गर्नेगरी गृहकार्य थालिसकेको छ । जसका लागि नयाँ गठबन्धनमा रहेका दलहरूको बीचमा छलफल गरिरहेको छ । संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले आफ्नो सक्रियता बढाउन थाल्नुभएको छ । मुख्मन्त्री लीला गिरी भने संसदीय प्रक्रियामा सहभागी हुन चाहेको बुझिएको छ । सरकारमा सहभागी कुनै एक दलले समर्थन फिर्ता लिएको खण्डमा तीस दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ ।

विश्वासको मत लिनुपर्ने खण्डमा पनि सरकारले त्यसको अभ्यास गर्ने जनाएको छ । लुम्बिनीमा एमाले पहिलो दल छ, जसका २९ सांसद छन् । दोस्रोमा नेपाली कांग्रेस छ, जसका २७ सांसद छन् । तेस्रोमा माओवादी छ, जसका १० सांसद छन् । ८७ सदस्यीय प्रदेशसभामा राप्रपा र नागरिक उन्मुक्तिका चार/चार, जसपा, लोसपा र जनमतका तीन/तीन, जनमोर्चा र नेकपा एकीकृत समाजवादीका एक/एक र स्वतन्त्र गरी दुईजना सांसद छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?