‘मुलुक निर्माणको जिम्मेवारी निर्माण व्यवसायीको काँधमा’

Read Time = 3 mins

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुक निर्माणको जिम्मेवारी निर्माण व्यवसायीहरूको काँधमा रहेको बताउनुभएको छ । नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलसँगको भेटमा उहाँले मुलुकमा विकासको ठूलो सम्भावना रहेको भन्दै त्यसका लागि सबै मिलेर काम गर्नुपर्ने बताउनुभयो । राष्ट्रपति पौडेलले भन्नुभयो, ‘अब हामीलाई पछाडि फर्कने छुट छैन, सबैको सहकार्यमा नेपाललाई समृद्ध बनाउनैपर्छ ।’

नेपालका निर्माण व्यवसायीहरूको समस्याबारे आफू जानकार रहेको स्पष्ट पार्दै उहाँले आफूले सक्ने जिम्मेवारी लिएर भरपर्दो काम गर्न सुझाव दिनुभयो । महासंघका अध्यक्ष रवि सिंहले व्यवसायमैत्री ऐन कानुनको अभावमा विगतमा व्यवसायीले धेरै झमेला सामना गर्नुपरेको बताउनुभयो । सार्वजनिक खरिद नियमावलीको १२औँ संशोधनका कारण भने निर्माण उद्योगमा केही सुधार देखिएको उहाँको भनाइ थियो । पछिल्लो समय राज्यले व्यवसायीलाई भुक्तानी नदिँदा निर्माण उद्योगमा धेरै समस्या देखिएको विषयमा अध्यक्ष सिंहले राष्ट्रपति पौडेलको ध्यानाकर्षण गराउनुभयो ।

ADVERTISEMENT

हाल इन्टरनेसनल फेडरेसन अफ एसियन एण्ड वेस्टर्न प्यासिफिक कन्ट्र्याक्टर्स एसोसिएसन(इफाप्का) को अध्यक्षसमेत रहनुभएका सिंहले आगामी मंसिर ४ देखि ८ सम्म काठमाडौंमा हुने ४६औँ इफाप्का सम्मेलनको उद्घाटनका लागि राष्ट्रपति पौडेललाई आमन्त्रण गर्नुभएको छ । सो अवसरमा महासंघका सल्लाहकार यक्षध्वज कार्की, जयराम लामिछाने, वीरेन्द्रराज पाण्डे, निवर्तमान अध्यक्ष विष्णुभाइ श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष आङदोर्जी लामा (एडी), उपाध्यक्षद्वय रामजी पन्त ‘मुकेश’, बालकृष्ण थापा, महासचिव रोशन दाहाल, उपमहासचिव (नीतिगत) शिवहरि घिमिरेलगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?