एडिबी टोली तनहुँ जलविद्युत् आयोजनाको अनुगमनमा

Read Time = 3 mins

तनहुँ । एसियाली विकास बैंक (एडिबी) र नेपाल विद्युत् प्राधिकरणको उच्चस्तरीय टोलीले तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको स्थलगत अनुगमन भ्रमण गरेको छ । एडिबीको नेपाल आवासीय नियोगका निर्देशक आर्नो कुश्वा, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायतको टोलीले सोमबार र मंगलबार आयोजनाका बाँध, भूमिगत विद्युत् गृह, मुख्य सुरुङलगायतका संरचना निर्माण कार्यको अनुगमन गरेको हो ।

टोलीले आयोजनाको बाँध तथा हेडवक्र्स, विद्युत्गृह, मुख्य सुरुङ तथा सम्बन्धित उपकरणहरू र दमौली-भरतपुर २२० केभी प्रसारण लाइन निर्माणमा संलग्न आयोजना व्यवस्थापन, निर्माण व्यवसायी, परामर्शदातासँग छलफल गरी निर्माण प्रगति, निर्माणमा देखिएका समस्यालगायतका विषयमा विस्तृतरूपमा छलफल गरेको थियो ।

ADVERTISEMENT

निर्माणमा देखिएका समस्या समाधान गर्न आफ्नातर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउँदै टोलीले आयोजनालाई तोकिएकै समयमा सम्पन्न गर्न निर्देशन दिएको छ । आयोजनाको समग्र निर्माण २०८३ जेठभित्र सक्ने लक्ष्य राखिएको छ । आयोजनाको सहुलियतपूर्ण ऋण प्रवाह गरेको एडिबीको नेपाल आवासीय नियोग निर्देशक कुश्वाले आयोजनालाई तोकिएकै समयमा सम्पन्न गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘मुख्यरूपमा प्याकेज-१ को निर्माण महत्वपूर्ण तथा चुनौतीपूर्ण देखिएकाले निर्माण विधिमा ध्यान दिई उपकरण तथा जनशक्ति थप गर्नुपर्ने आवश्यकता देखिन्छ ।’ प्राधिकरणका कार्यकारी निर्देशक एवं आयोजनाको प्रवद्र्धक तनहुँ हाइड्रोपावरका अध्यक्ष घिसिङले आयोजनाको निर्माण सम्पन्न गर्न हाल तय गरिएको तालिका नै अन्तिम भएकाले सोही लक्ष्यलाई पूरा गर्ने गरी काम गर्न निर्देशन दिनुभयो । तनहुँ हाइड्रोका प्रबन्ध-सञ्चालक किरणकुमार श्रेष्ठले निर्माण कार्यमा भइरहेको प्रगतिबारे जानकारी गराउनुभएको थियो ।

आयोजनाको कुल लागत (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत) ५० करोड ५० लाख अमेरिकी डलरका लागि एडिबीले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले आठ करोड ५० लाख र नेपाल सरकार÷प्राधिकरणले आठ करोड ६० लाख डलर बेहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?