काठमाडौं । लामो समय पछि संयुक्त अरव इमिरेट्स (युएई)मा असिना पानीसहित भारी वर्षा भएको छ ।
मंगलबार दुबई सिटीमा मेघ गर्जनसहित असिना पानी परिरहेको छ । लामो समय पछि वर्षा हुँदा यहाँका स्थानीय हर्षित समेत भएका छन् । सामान्यतः पानी नै नपर्ने युएइमा आज भने भारी वर्षा भएकाे छ ।
अबुधावीमा र दुबईमा सबैभन्दा बढी वर्षा भएको छ । यहाँको तामक्रम पनि अरु दिनको तुलनामा कम छ ।
तस्वीर : रमेश नेपाल
Wonderful