दक्षिण इक्वेडरमा शक्तिशाली भूकम्प, १५ जनाको मृत्यु

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । दक्षिण इक्वेडर र पेरुको उत्तरी भूभागमा शक्तिशाली भूकम्प गएको छ । शनिबार राति १० बजेर ५७ मिनेटमा इक्वेडरको दोस्रो ठूलो सहर ग्वायाकिलबाट ५० माइल पर केन्द्रविन्दू बनाइ भूकम्प गएको हो ।

भूकम्पमा परि कम्तीमा १५ जनाको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । सबैभन्दा बढी क्षति दक्षिणी प्रान्त एलरोमा भएको ग्रार्जियनले लेखेको छ । भूकम्पले सवारीसाधन र भवनमा क्षति पुगेको छ । भूकम्पपछि आएको पहिरोका कारण त्यहाँका सडक अवरुद्ध भएका छन् ।

ADVERTISEMENT

धेरै भूकम्प गइरहने मुलुकका रुपमा रहेको इक्वेडरमा सन् २०१६ पछि गएको यो सबैभन्दा ठूलो भूकम्प हो । त्यसबेला इक्वेडरमा ७‍.८ म्याग्नेच्युट भूकम्प गएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?