व्यवसायमैत्री कानुनका लागि सहजीकरण गर्ने सभामुख घमिरेको प्रतिबद्धता

फाईल तस्बिर

Read Time = 3 mins

काठमाडौं । सभामुख देवराज घिमिरेले उद्योग व्यवसायमैत्री कानुन निर्माण गर्न राजनीतिक दलहरू र सांसदहरूसँग सहजीकरण गर्न पनि आफू लागिपर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । शनिबार ललितपुर उद्योग वाणिज्य संघको स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा उहाँले उक्त प्रतिबद्धता व्यक्त गर्नुभएको हो । सभामुख घिमिरेले मुलुकभित्रै उत्पादन वृद्धि गर्ने, रोजगारी सिर्जना गर्ने, आयात प्रतिस्थापन गरी निर्यात बढाउन कानुन अभाव हुन नदिन आफू सचेत रहेको बताउनुभयो ।

व्यापार गरी नाफा कमाउनु व्यवसायीको धर्म भए पनि सामाजिक उत्तरदायित्व वहन गरी मुलुकको दिगो विकासमा अझै बढी योगदान पु¥याउन पनि उहाँले आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘आर्थिक क्षेत्रमा योगदान दिइरहनुभएको तपाईं उद्योगी, व्यवसायीको अप्ठ्यारो र असजिलो अवस्थाले व्यापार र रोजगार प्रणाली कसरी अगाडि लैजाने भन्ने कुरामा म तपाईंहरूको यी अप्ठ्याराप्रति ऐक्यबद्धता व्यक्त गर्न चाहन्छु । उद्यमी र व्यापारीलाई अगाडि लैजान निजी क्षेत्रलाई कसरी अगाडि लैजानुपर्छ भन्ने यहाँहरूले सरकारमार्फत् गरेका प्रयास अझै व्यावहारिकरूपबाट राज्यले खेल्नुपर्ने भूमिका के हो ? त्यसका लागि यो जिम्मेवारी पूरा गर्न तपाईंहरूले चिन्ता व्यक्त गर्नुभएको कुराप्रति म धन्यवाद भन्न चाहन्छु । उद्योग व्यवसायको प्रवद्र्धनका लागि नेपालका जनप्रतिनिधिको संस्था संसद् हो । संसद्ले तपार्इंहरूका समस्यालाई सुन्नुपर्छ भनेर म यहाँ आएको पनि तपाईंहरूलाई भन्न चाहन्छु ।’

ADVERTISEMENT

देशभित्रै उत्पादनमा वृद्धि गर्ने, रोजगारी सिर्जना गर्ने, राष्ट्रिय आयमा वृद्धि गर्ने र नेपालमा हुने आयातलाई प्रतिस्थापन गरी निर्यात वृद्धि गर्न पनि उद्योगी, व्यवसायीको योगदान महत्वपूर्ण रहेको भन्दै उहाँले त्यसका लागि कानुनको अभाव रहेको भए वा व्यवसायमैत्री कानुन बनाउनुपर्दा निर्धक्कसाथ सुझाव दिन पनि उहाँले व्यवसायीलाई आग्रह गर्नुभयो । सभामुख घिमिरेले मुलुकको अर्थतन्त्र सही बाटोमा अघि बढाउन सम्बन्धित सबै पक्षले सामूहिक प्रयास गर्नुपर्ने आवश्यकता औंल्याउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?