राष्ट्रपति पौडेललाई भारतीय समकक्षी द्रौपदी मुर्मुको शुभकामना

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौँ । शुक्रवार साँझ राष्ट्रपति रामचन्द्र पौडेल र भारतीय राष्ट्रपति द्रौपदी मुर्मु फोनवार्ता भएको छ ।

सो क्रममा भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले राष्ट्रपति रामचन्द्र पौडेललाई फोन गरी शुभकामना तथा बधाई दिनुभएको छ ।

केरला भ्रमणमा रहनुभएकी मुर्मुरले राष्ट्रपति पौडेललाई फोन गरी बधाई दिँदै नेपाल र भारतबीचको अनुपम र बहुआयामिक सम्बन्ध रहेको चर्चा गर्नुभयो ।

ADVERTISEMENT

आपसी द्विपक्षीय सहयोगलाई अझ अगाडि बढाउने र दुई देशका जनताबीचको मित्रताको बलियो बन्धनलाई थप सुदृढ गर्ने बिषयमा कुराकानी भएको जनाईएको छ ।

राष्ट्रपति पौडेलको नेतृत्वमा भारत–नेपाल द्विपक्षीय सम्बन्ध थप उचाइमा पुग्ने राष्ट्रपति मुर्मुरले विश्वास व्यक्त गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?