सात महिनामा २९ प्रतिशतले घट्यो निर्यात

Read Time = 7 mins

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/०८० को सात महिना अर्थात् साउनदेखि माघसम्म निर्यात २९.० प्रतिशतले घटेर ९३ खर्ब ४३ करोडमा खुम्चिन पुगेको छ । त्यस्तै, आयात पनि १९.९ प्रतिशतले घटेर नौ खर्च १९ अर्ब १७ करोड रुपैयाँमा झरेको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको प्रारम्भिक तथ्यांकअनुसार आव २०७९/८० को प्रथम सात महिनामा नेपालको कुल वैदेशिक व्यापारमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा २०.८ प्रतिशत कमी आई १० खर्ब १२ अर्ब ६० करोडमा झरेको छ ।

सो अवधिमा कुल व्यापारमा निर्यात तथा आयातको योगदान क्रमशः ९.२ प्रतिशत र ९०.८ प्रतिशत रहेको छ । नेपालबाट निर्यात भएका प्रमुख वस्तुमा पामतेल, भटमासको तेल, पोलिष्टर तथा अन्य धागो, ऊनी गलैंचा, फलाम तथा फलामका उत्पादन, अलैंची, जुट तथा जुटका सामान, तयारी पोशाक, जुस, ऊनी फेल्टका उत्पादन, चिया, पश्मिना सल, कुकुर बिरालाका आहारा, कपडा, चाउचाउ, जडीबुटी, रोजिन एण्ड रेजिन एसिड, जुत्ता चप्पल र नेपाली हाते कागज प्रमुखरूपमा रहेका छन् ।

समीक्षा अवधिमा पामतेल निर्यातमा ५९.२ प्रतिशतले घटेर १३ अर्ब ९२ करोडमा झरेको छ भने भटमास तेल निर्यात पनि ७७.५ प्रतिशतले घटेर आठ अर्ब २८ करोडमा झरेको छ । पोलिष्टर यार्न निर्यात पनि २.५ प्रतिशतले घटेर छ अर्ब ८८ करोडमा झरेको छ तर ऊनी गलैंचा भने २७.२ प्रतिशतले बढेर छ अर्ब ४५ करोड पुगेको छ ।

समीक्षा अवधिमा पामतेल निर्यात ५९.२ प्रतिशतले घटेर १३ अर्ब ९२ करोडमा झरेको छ भने भटमास तेल पनि ७७.५ प्रतिशतले घटेर आठ अर्ब २८ करोडमा झरेको छ ।

फलाम तथा तिनका उत्पादन निर्यात ४०२.५ प्रतिशतले बढेर पाँच अर्ब ४६ करोड पुगेको छ । तयारी पोशाक निर्यात पनि १७.४ प्रतिशतले बढेर चार अर्ब ३६ करोड पुगेको छ भने जुट तथा जुट उत्पादन निर्यात २.७ प्रतिशतले घटेर चार अर्ब ६७ करोडमा सीमित भएको छ । त्यस्तै, अर्को प्रमुख निर्यातजन्य ऊनी फेल्ट निर्यातमा सामान्य सुधार आई दुई अर्ब ९५ करोड पुगेको छ भने जुस निर्यात १२.७ प्रतिशतले बढेर तीन अर्ब २९ करोड पुगेको छ ।

ADVERTISEMENT

कृषिजन्य वस्तुको निर्यातमा अग्रणी स्थान हासिल गरिरहेको उत्पादन अलैंचीको निर्यात पनि ८५.३ प्रतिशतले बढेर चार अर्ब ९० करोड पुगेको छ । त्यस्तै, कृषिजन्य वस्तु निर्यातमा अग्रणी स्थान हासिल गरिरहेको चियाको निर्यात पनि २९.९ प्रतिशतले बढेर दुई अर्ब ७१ करोड पुगेको छ । समीक्षा अवधिमा पामको तेल तथा भटमासको तेलको निर्यात ४८ अर्ब ८० करोड रकम घटेका कारण कुल निर्यात घटेको बताइएको छ । तथापि सो अवधिमा प्रशोधित खाद्य तेल (भटमासको तेल, पामतेल, सूर्यमुखी तेल) को निर्यातले कुल निर्यातमा २४.०१ प्रतिशतको हिस्सा ओगट्दै प्रमुख निर्यातजन्य वस्तुका रूपमा देखापरेको छ । उल्लेखित वस्तुको कुल निर्यात २२ अर्ब २० करोड पुगेको छ ।

प्रशोधित खाद्य तेलको निर्यातमध्ये पामतेल, भटमास तेल तथा सूर्यमुखी तेलको निर्यात हिस्सा नेपालको कुल निर्यातमा क्रमशः १४.९ प्रतिशत, ८.९ र ०.२ प्रतिशत रहेको छ । भारततर्फको निर्यात समीक्षा अवधिमा ३७.७ प्रतिशतले घटेर ६६ अर्ब २३ करोडमा झरेको छ । भारततर्फको निर्यातमा कमी आउनुको कारण भारततर्फ हुने पाम, भटमास तथा सूर्यमुखी तेलमा ४८ अर्ब ८० करोड बराबरको ह्रास आउनु नै रहेको केन्द्रले जनाएको छ । नेपालको कुल निर्यातमा अघिल्लो आर्थिक वर्षको सोही अवधिमा भारततर्फको हिस्सा ८०.७९ प्रतिशत रहेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा सो हिस्सा ७०.८८ प्रतिशतमा झरेको छ ।

आयात आव २०७९/०८० को प्रथम सात महिनामा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा पेट्रोलियम आयात १९.१ प्रतिशतले बढेर एक खर्ब ७५ अर्ब २५ करोड पुगेको छ भने फलाम तथा स्टिल र तिनका उत्पादनको आयात १७.२ प्रतिशतले घटेर ९२ अर्ब ६० करोड, मेसिनरी तथा पार्ट्स ३६.४ प्रतिशतले घटेर ५६ खर्ब ३२ करोडमा झरेको छ भने सुन आयात १२.३ प्रतिशतले बढेर ३१ अर्ब दुई करोड पुगेको छ ।

इलेक्ट्रिक र इलेक्ट्रोनिक सामग्री ८.८ प्रतिशतले घटेर ३६ खर्ब ६१ करोड, यातायातका साधन र तिनका पार्टपुर्जा आयात ५७.३ प्रतिशतले घटेर २९ अर्ब ५२ करोड, कच्चा भटमास तेल आयात ३३.४ प्रतिशतले घटेर २६ अर्ब ४२ करोड, खाद्यान्न अन्न आयात ३१.४ प्रतिशतले घटेर ३४ अर्ब ६८ करोडमा झरेको छ । त्यस्तै, औषधि आयात ४८.१ प्रतिशतले घटेर २५ अर्ब २९ करोड, दूरसञ्चार सामग्री आयात ४०.७ प्रतिशतले घटेर २१ अर्ब ६२ करोडमा झरेको छ भने रासायनिक मल आयात ९४.६ प्रतिशतले बढेर १९ अर्ब ८० करोड पुगेको छ । कच्चा पामतेल आयात ३९.२ प्रतिशतले घटेर १७ अर्ब ७६ करोडमा झरेको छ । सो अवधिमा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा समग्र आयात घटेका कारण व्यापार घाटामा २८.० प्रतिशत कमी आई कुल व्यापार घाटा आठ खर्ब २५ करोडमा झरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?