घरेलु मेलामा पाँच करोडको कारोबार

Read Time = 4 mins

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित १६औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला अर्थात् घरेलु मेलामा पाँच करोड रुपैयाँ बराबरको कारोबार भएको छ । मेला साढे दुई लाखले अवलोकन गरेको र पाँच करोडको कारोबार भएको आयोजक नेपाल घरेल तथा साना उद्योग महासंघले जनाएको छ । शनिबार आयोजित समापन कार्यक्रममा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले स्वदेशमा उत्पादित वस्तु बजारीकरणमा जोड दिँदै मेलाले देशभरकै उद्यमीलाई आफ्ना उत्पादनको प्रचारप्र्र्र्रसारमा सहयोग पुर्‍याउने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘देशमै रोजगारी सिर्जना र कृषिजन्य उत्पादनको आधुनिकीकरणमा मेला उपयोगी हुनेछ । घरेलु उद्यमी तथा उनीहरूका उत्पादन बजारीकरण गर्ने कार्यमा नेपाल सरकार, अर्थ मन्त्रालय सहयोग गर्न सधैं तयार रहेको छ ।’

महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले विभिन्न कठिनाइबीच अर्थमन्त्री पौडेल तथा उद्यमीको सहयोगको आश्वासनले मेलाको आयोजना गरिएको भन्दै मेलाले देशभरकै उत्पादन प्रवद्र्धनमा सहयोग पुर्‍याउने बताउनुभयो ।

मेलामा पाँच करोड रुपैयाँ कारोबार भएको र साढे दुई लाखले अवलोकन गरेको आयोजकले जनाएको छ ।

ADVERTISEMENT

मेला संयोजक शोभा गुरुङले विविध समस्या र चुनौतीबीच पनि मेला सफलतापूर्वक सम्पन्न गर्न सहयोग पु¥याउने सबैलाई धन्यवाद दिनुभयो । देशको औद्योगिक क्रान्तिमा घरेलु उद्यमीले गरेको योगदानको उचित कदर हुन नसकेको गुनासो गर्दै सरकारले आगामी दिनमा सहयोग गर्ने प्रतिबद्घता गरेकाले सबै उद्यमी व्यवसायीको सहयोगमा आगामी दिनमा पनि मेला गरिने बताउनुभयो ।

सो अवसरमा मेलामा सहभागीमध्येबाट उत्कृष्ट उद्यमीलाई नगदसहित पुरस्कृत गरिएको थियो । पुरस्कृत हुनेमा हिमालयन अर्गानिक गार्डेन माडी चितवन प्रथम, फरेष्ट हेम्प इण्डस्ट्रिज प्रालि बुढानीलकण्ठ, काठमाडौं द्वितीय, तामाङ झोला तथा राडीपाखी उद्योग जुम्ला, तृतीय तथा सान्त्वनातर्फ हिमालय अल्लो तथा सुती कपडा उद्योग संंखुवासभा, मार्फा फलफूल तथा तरकारी प्रशोधन उद्योग मुस्ताङ, सेमी घरेलु ढाका उद्योग धनकुटा, कल्पना बेम्बो हृयाण्डिक्र्याफ्ट ललितपुर रहेका छन् । नगद पुरस्कार राशि क्रमशः १० हजार, आठ हजार र तीन-तीन हजार रुपैयाँ रहेको थियो ।

समापन समारोहमा महासंघका निवर्तमान अध्यक्ष श्याम गिरी, सल्लाहकार वासु गिरी, वरिष्ठ उपाध्यक्ष सूर्य कँडेल, महासचिव डम्बरप्रसाद रेग्मी, काठमाडौं जिल्ला अध्यक्ष पद्मकुमारी कार्की, केन्द्रीय महिला उद्यमी समिति अध्यक्ष रोशनी उपाध्याय, अर्गानिक एसोसिएसनका अध्यक्ष दिपकप्रकाश बाँस्कोटालगायतले बोल्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?