साताभर आठ अर्बको सेयर कारोबार

Read Time = 1 min

काठमाडौं । साताभर सेयर बजार एक सय १२ अंकमाथिले घटेर दुई हजार ७० अंकमा झरेको छ । अघिल्लो साताको अन्तिम कारोबार दिन १२.४५ अंकले बढ्दै २१ सय ८२.६४ अंकमा उक्लिएको नेप्से साताको अन्तिम कारोबार दिन बिहीबारसम्ममा ११२.२३ अंकले घट्दै २०७०.४१ अंकमा रोकिएको हो ।

नेप्सेसँगै कारोबार रकमसमेत घटेर आठ अर्बमा खुम्चिन पुगेको छ । अघिल्लो साता १२ अर्बभन्दा बढीको कारोबार भएकोमा यो साता आठ अर्ब १४ करोड १९ लाख रुपैयाँको मात्र सेयर कारोबार भएको छ ।

ADVERTISEMENT

आइतबार सार्वजनिक बिदाका कारण चार दिनमात्र खुलेकोमा सोमबार ६०.७७ अंकले नेप्से घटेर तीन अर्ब करोड करोड १३ लाखको कारोबार भएको थियो भने मंगलबार १६ अंकले नेप्से घटेर एक अर्ब ७५ करोड ९९ लाख, तेस्रो र चौथो दिन क्रमशः १३.९० अंक र २१.१५ अंकले घटेर एक अर्ब ६९ करोड ११ लाख रुपैयाँ र एक अर्ब ६५ करोड ९५ लाखको सेयर कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?