हङकङको जनसंख्या घट्दो क्रममा

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

हङकङ । सन् २०२१ को तुलनामा सन् २०२२ मा हङकङको जनसंख्या घटेको छ ।

सन् २०२१ को अन्त्यमा ७४ लाख एक हजार पाँच सय रहेको यहाँको जनसंख्या गत वर्षको अन्त्यमा शून्य दशमलब नौ प्रतिशतले घटेको हङकङ विशेष प्रशासनिक क्षेत्र सरकारले जनाएको छ ।

सन् २०२२ को अन्त्यमा यहाँको जनसंख्या ७३ लाख ३३ हजार दुई सय अभिलेखीकरण भएको थियो । त्यस वर्ष ३२ हजार पाँच सय शिशुको जन्म भयो भने ६२ हजार एक सयजनाको मृत्यु भएको जनगणना विभागले बताएको छ । कोरोना महामारीका कारण मृत्युको अनुपात बढेको अनुमान गरिएको छ ।

ADVERTISEMENT

यसैबीच, हङकङले चिनियाँ मुख्य भूमि र विश्वका अन्य देशबाट पर्यटक भिœयाउन कोभिडसम्बन्धी सबै प्रतिबन्ध हटाएपछि यहाँको अर्थतन्त्र गतिशील हुने ठानिएको छ ।

पाँच लाख पर्यटकलाई निःशुल्क यात्राको व्यवस्था मिलाउने घोषणा विशेष प्रशासनिक क्षेत्र सरकारले गरेको छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?