टर्कीका भूकम्प पीडितलाई महासंघको सहयोग

Read Time = 1 min

काठमाडौं । टर्कीमा हालै गएको विनाशकारी भूकम्पबाट प्रभावित जनताका लागि नेपाल उद्योग वाणिज्य महासंघले विभिन्न सहयोग सामग्री हस्तान्तरण गरेको छ । प्रभावित क्षेत्रमा पठाउने कार्यका लागि महासंघका तर्फबाट गृह मन्त्रालय/राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणअन्तर्गतको त्रिभुवन विमानस्थलस्थित मानवीय सहायता स्थललाई सहायता सामग्री हस्तान्तरण गरेको हो ।

ADVERTISEMENT

महासंघबाट पठाइएको सहयोग सामग्रीमा ज्याकेट, टाउजर, स्लिपिङ ब्याग, सेनेटरी प्याड, डाइपर, मेडिकल ग्लोब्स, ब्याण्डेज, अक्सिजन मास्क, क्यानुला, स्किन सेटप्लर र आइभी सेटलगायत रहेका छन् । सहायता सामग्रीका लागि महासंघको सदस्य रसायन तथा मेडिकल आपूर्ति संघको समेत सहयोग रहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?