बीबीसीको दिल्लीस्थित कार्यालयमा आन्तरिक राजस्व कार्यालयको छापा

कर्मचारीका सबै फोन जफत

Read Time = 2 mins

नयाँदिल्ली । ब्रिटिश ब्रोडकास्टिङ कर्पोरेसन (बीबीसी)को दिल्लीस्थित कार्यालयमा मंगलबार आन्तरिक राजस्व कार्यालयले छापा मारेको छ । बीबीसीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आलोचना गरेको एक वृत्तचित्र प्रसारण गरेको हप्तापछि त्यहाँ आन्तरिक राजस्व विभागले छापा मारेको हो ।

ADVERTISEMENT

राजस्व विभाग कर्मचारीले बीबीसीका कर्मचारीका सबै फोनहरू जफत गरेका छन् । साथै, त्यहाँका कर्मचारी तथा अन्य मानिसलाई आवतजावतमा समेत कडाइ गरिएको छ । मोदी गुजरात राज्यको मुख्यमन्त्री हुँदा सन् २००२ मा भएको साम्प्रदायिक दंगाको विषयलाई लिएर तयार पारिएको उक्त वृत्तचित्रको पहिलो भाग १७ जनवरीमा सार्वजनिक भएको केही समयमै भारतमा ब्लक गरिएको थियो
सूचना तथा प्रसारण मन्त्रालयले बीबीसी डकुमेन्ट्री ‘इण्डिया : द मोदी क्वेसन’को पहिलो भागका युट्युब भिडियो र उक्त भिडिओ लिंक गरिएका ५० भन्दा बढी ट्वीट हटाउन निर्देशन दिएको थियो । ती साम्रगीलाई सन् २०२१ को आईटी नियमअन्तर्गत आपत्कालीन शक्तिको प्रयोग गरेर ब्लक गर्न भनिएको थियो । एजेन्सी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?