सात महिनामा पुँजीगत खर्च १७ प्रतिशत

Read Time = 2 mins

काठमाडौं । चालु आर्थिक वर्षको सात महिना अर्थात् माघसम्म छ खर्ब ६७ अर्ब ६५ करोड ७४ लाख बराबर बजेटमात्रै खर्च भएको छ । चालु खर्च वार्षिक विनियोजनको ४४.९२ प्रतिशत रहेको छ । चालु खर्च ११ खर्ब ८३ अर्ब २३ करोड विनियोजन भएकोमा पाँच खर्ब ३१ अर्ब ५० करोडमात्रै खर्च भएको महालेखा नियन्त्रण कार्यालयले जनाएको छ ।

पुँजीगततर्फ चालु आर्थिक वर्षका लागि तीन खर्ब ८० अर्ब ३८ करोड ४५ लाख विनियोजन भएकोमा १७.४३ प्रतिशत अर्थात् ६६ अर्ब २९ करोड ८४ लाखमात्रै खर्च भएको छ । वित्तीय व्यवस्थापनतर्फ दुई खर्ब ३० अर्ब विनियोजन भएकोमा ३०.३४ प्रतिशतमात्रै अर्थात् ६९ अर्ब ८५ करोड ८० लाख खर्च भएको हो ।

ADVERTISEMENT

सो अवधिमा राजस्व असुली ३८ प्रतिशत रहेको छ । चालु आवका लागि कुल १४ खर्ब ५८ अर्ब ६० करोड बराबर राजस्व असुली सरकारको लक्ष्य रहेकोमा माघसम्म पाँच खर्ब ५४ अर्ब २३ करोड ६१ लाखमात्रै असुली भएको छ ।

त्यस्तै, चालु आवका लागि सरकारले ५५ अर्ब ४५ करोड ८३ लाख बराबर वैदेशिक अनुदान लिने लक्ष्य रहेको माघसम्ममा लक्ष्यको ८.६६ प्रतिशत अर्थात् चार अर्ब ८० करोड २० लाखमात्रै प्राप्त भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?