प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् कार्यसूची

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं। संघीय संसद अन्तर्गतको प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक नयाँ बानेश्वरस्थित संघिय संसद भवनमा दिउँसो ३ बजे बस्न लागेको हो ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले थारु आयोगको चौथो वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद्का महासचिव डा. भरतराज गौतमले जानकारी दिनुभयो ।

ADVERTISEMENT

यस्तै, उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आ. व. २०७९/८० को बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदनको सम्बन्धमा वक्तव्य दिनुहुनेछ भने सभामुख देवराज घिमिरेले शोक प्रस्ताव पनि प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ।

गत शुक्रवार राष्ट्रपति बिद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनलाई संयुक्त सम्बोधन गरे पछि स्थगित भएको बैठक आजबाट प्रारम्भ हुन लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?