संकटा वाइन एण्ड बेवरेजको ‘ट्रेड पार्टनर मिट’

Read Time = 2 mins

काठमाडौ । संकटा वाइन एण्ड बेवरेजले शुक्रबार काठमाडौंमा ‘ट्रेड पार्टनर मिट’ आयोजना गरेको छ । कार्यक्रममा मदिरा व्यवसायी महासंघका अध्यक्ष सोनाम शेर्पा, कम्पनी अध्यक्ष रोशनी कार्की, कम्पनीका प्रमुख कार्यकारी अधिकृत कमल कार्की, बिक्री तथा मार्केटिङ प्रमुख आशिक अधिकारी, मदिरा व्यवसायी संघ काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत कमल कार्कीले वाइन बन्ने उत्पादन, क्यानभासको ब्राण्डिङ र कम्पनीको स्लोगन ‘पेन्ट योर रोमान्स’ बारे चर्चा गर्नुभयोे । क्यानभास वाइन गुणस्तरीय अंगुरबाट बन्ने गरेको र क्यानभास वाइन नेपालमै बनेको भए पनि विदेशी वाइनकै गुणस्तरको रहेकाले निर्यातयोग्य भएको उहाँको भनाइ थियो ।

ADVERTISEMENT

विगतका दिनमा कम्पनी बहुपक्षीयरूपमा सञ्चालन भएकोमा हाल कम्पनी व्यवस्थित र गुणस्तरीय व्यवस्थापनका रूपमा सञ्चालनमा ल्याइएको कार्कीले जानकारी दिनुभयो । बिक्री तथा मार्केटिङ प्रमुख आशिष अधिकारीले क्यानभासको बजार अवस्था, कम्पनीको आगामी रणनीतिलगायत विषयमा जानकारी दिनुभयो ।

सन् २०१६ मा स्थापना भएको संकटा वाइन एण्ड बेवरेजले हाल स्वदेशी प्रिमियम सेग्मेन्टमा बजारको अधिकतम् हिस्सा ओगटेको छ । कम्पनी फ्क्याट्री काभ्रेपलाञ्चोकको नालामा अवस्थित छ, जसमा प्रत्यक्षरूपमा डेढ सयले रोजगारी पाएका छन् । कम्पनीको उत्पादन क्षमता दैनिक १० हजार लिटर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?