२८ माघमा रात्रिभोजका लागि राष्ट्रपति भण्डारीको निम्तो

हिमालय टाइम्स कालिकोट, संवाददाता

फाइल तस्बिर

हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले रात्रिभोज आयोजना गर्ने हुनु भएको छ ।

राष्ट्रपति भण्डारीले माघ २८ गते ३ बजे राष्ट्रपति कार्यालय शितल निवासमा रात्रीभोजको आयोजना गर्ने हुनुभएको हो ।

संघीय संसदका सांसद्‍हरुलाई भण्डारीले भोजका लागि मोबाइल म्यासेजमार्फत निम्तो दिएको जनता समाजवादी पाटी नेपालका सा‌ंसद राजकिशोर यादवले जानकारी दिनुभयो ।

राष्ट्रपतिले आयोजना गर्ने उत्त रात्रि भोजमा उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरु, संबैधानिक निकायका उच्च अधिकारी कुटनीतिक नियोगका प्रमुखहरु उपस्थित हुनुहुनेछ ।

ADVERTISEMENT

आगामी २७ गते संघीय संसद प्रतिनिधिसभा र राष्ट्रिय सभाका सांसदहरुलाई संयुक्त सम्बोधन गरेको भोलिपल्ट राष्ट्रपति भण्डारीले रात्रीभोजको आयोजना गर्न लाग्नुभएकाे हाे ।

नेपालको संविधानले दुई पटक भन्दा राष्ट्रपति हुन नसक्ने जनाएपछि यसलाई बिदाई भोजको रुपमा हेरिएको छ ।

 

निर्वाचन आयोगले २८ फागुनमा राष्ट्रपति निर्वाचनको घोषणा गरिसकेको छ । जसअनुसार मुलुकले राष्ट्रपतिमा तेस्रो नयाँ अनुहार पाउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?