राष्ट्रसंघ महासचिव गुटेरेस भन्छन्- रुस-युक्रेन युद्ध थप चर्किए विश्व नै एउटा वृहत युद्धमा फस्छ

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं। संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले रुस–युक्रेन युद्ध थप चर्किए विश्व नै एउटा वृहत युद्धमा फस्ने चेतावनी दिएका छन् ।

राष्ट्र संघिय महासभामा बोल्ने क्रममा उनले यस्तो चेतावनी दिएका हुन् ।

युक्रेनमाथिको हमलाले युक्रेनी जनता मात्रै नभई विश्वले नै ठूलो पीडा भोग्नु परिरहेको उनले बताए । अहिले पनि युद्ध रोकिने संकेत नदेखिएको उनको भनाई छ ।

ADVERTISEMENT

अब विश्वले आँखा खोलेर हेर्नुपर्ने बेला आएको भन्दै उनले कतिन्जेल टुलुटुलु रक्तपात हेर्ने भन्दै प्रश्न समेत गरे ।

यसैबीच, पूर्वी युक्रेनको दोनेत्स्कका गभर्नरले आफ्नो क्षेत्रमा पछिल्लो समय युद्ध चर्किने सम्भावना देखिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?