अमेरिकी सेनाले चिनियाँ जासुसी बेलुन एटलान्टिक ओसनमा खसाल्यो

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

वासिङटन । अमेरिकाले आफ्नो आकाशमा उडिरहेको एउटा चिनियाँ जासुसी बलुन खसालेको छ ।

केही दिन यता निकैमाथि उचाईमा उडिरहेको बलुनलाई अमेरिकी लडाकु विमानले खसालेको अमेरिकी रक्षा विभागले पुष्टि गरेको हो । सोही बलुन खसाल्नका लागि अमेरिकाको क्यारोलिना तटका तीन वटा विमानस्थलहरूलाई बन्द गरिएको थियो ।

विस्फोट भएपछि सोही बलुनका टुक्राहरू समुद्रमा खसेका छन् । अमेरिकी सेनाहरूले सोही बलुनको टुक्राहरू निकाल्ने काम थालेका छन् ।

ADVERTISEMENT

अमेरिकी रक्षा सचिव एन्टोनी ब्लिन्केनका अनुसार राष्ट्रपति जो बाइडेनको निर्देशन पछि लडाकु विमानहरूले दक्षिण क्यारोलिनाको तटको एट्लान्टिक सागरमा चिनियाँ निगरानी बेलुनलाई खसालेको हो ।

अमेरिकाले यो बुलन चीनले गुप्तचरी प्रयोजनका लागि उडाएको दावी गरिरहरेको छ । तर यता अमेरिकी आकाशमा देखिएको बेलुन आफ्नो भएको स्वीकार गर्दै चीनले मौसम अनुसन्धानका लागि प्रयोग गरिएको दावी गरेको थियो।

शुक्रबार एक विज्ञप्ति जारी गर्दै चिनियाँ विदेश मन्त्रालयले बेलुन मुख्यतया मौसम अनुसन्धानको लागि प्रयोग गरिएको बताएको थियो। एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?