उर्मिला अर्याल राष्ट्रिय सभाको उपाध्यक्ष बन्दै

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । राष्ट्रिय सभाको उपाध्यक्ष पदका लागि आज मनोनयन दर्ता हुँदै छ । जसमा सत्ता गठबन्धनबाट उर्मिला अर्यालले उम्मेदवारी दिने हनु भएको छ ।

नेकपा माओवादी केन्द्रकी नेत्री अर्यालले सत्ता पक्षबीच राष्ट्रिय सभाको उपाध्यक्षमा माओवादी केन्द्रले पाउने सहमतिअनुसार उम्मेदवारी दिन लाग्नुभएको हो ।

बहुमत पनि सत्ता गठबन्धनसँगै रहेकाले उहाँको जित निश्चित जस्तै छ ।

ADVERTISEMENT

लामो समयसम्म नेकपा एमालेमा रहेर राजनीति गर्नुभएकी अर्यालले दोस्रो संविधान सभा निर्वाचनअघि नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नुभएको थियो । राष्ट्रिय सभामा उहाँ मधेश प्रदेशबाट सदस्यमा निर्वाचित हुनुभएको हो ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहितका दलले भने उम्मेदवारी दिने नदिनेसम्बन्धमा निर्णय गरेका छैनन् । कांग्रेससहितका दलले उम्मेदवारी दिने नदिने बिहान १० बजेसम्म निर्णय गर्ने बताएका छन् ।

संघीय संसद् सचिवालयका अनुसार मनोनयन प्रस्ताव दिउँसो १ बजेदेखि अपराह्न ४ बजेसम्म दर्ता हुनेछ । मनोनयन दर्ता नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?