रवि लामिछानेको सांसद पद खारेज भएको प्रतिनिधिसभालाई जानकारी गराइयो

Read Time = 1 min

काठमाडौं । प्रतिनिधिसभालाई रवि लामिछानेको सांसद पद खारेज भएको जानकारी गराइएको छ ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य लामिछानेको सांसद पद खारेज भएको जानकारी गराउनु भएको हो ।

ADVERTISEMENT

प्रतिनिधिसभा सदस्य पदको उम्मेदवारी दर्ता गर्नेक्रममा बुझाएको नागरिकता प्रमाणपत्र अवैधानिक रहेको सर्वोच्च अदालतकोे संवैधानिक इजलासले ठहर गरेपछि उहाँको सांसदसँगै उपप्रधान तथा गृहमन्त्री, राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको नेता र सभापतिबाट पदमुक्त हुनु भएको थियो ।

प्रतिनिधिसभा बैठकमा सभामुख घिमिरेले सर्वोच्च अदालतको उत्प्रेषणको लामिछानेको उम्मेदवार बनेको, निर्वाचित भएको र प्रमाणपत्र पाएको लगायतका काम बदर गरेको पत्र प्राप्त भएको जानकारी गराउनु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?