नयाँ कर्मचारीलाई पूर्व-सेवाकालीन तालिम

Read Time = 2 mins

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले लोकसेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तर्वार्ताबाट प्रदेशगतरूपमा छनोट नवनियुक्त वरिष्ठ सहायक प्रशासन सेवाका १७९ कर्मचारीलाई १४ दिने पूर्व-सेवाकालीन तालिम सञ्चालन गरेको छ ।

तालिम कार्यक्रम उद्घाटन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंक ग्राहकलाई चुस्त गुणस्तरीय सेवा दिई संस्थाको उत्पादकत्व वृद्धि गर्न तालिममा सहभागी युवा जनशक्ति सक्षम हुने बताउनुभयो । विभिन्न प्रक्रियापछि बैंकले एकैपटक ठूलो संख्यामा युवा कर्मचारीलाई नियुक्ति दिएको भन्दै उहाँले अनुशासित र लगनशील भई कार्य गर्ने कर्मचारी नै आफ्नो करिअरमा उत्कृष्ट हुने बताउनुभयो ।

ADVERTISEMENT

अन्य सहायकस्तरका कर्मचारी भर्ना प्रक्रिया छिट्टै पूरा भएपछि पुरानो बैंक नयाँ कर्मचारीले युक्त हुने उहाँको भनाइ थियो । कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृतहरू देवेन्द्ररमण खनाल र सरस्वती अधिकारीले नवनियुक्त कर्मचारीलाई कार्यस्थलमा जिम्मेवारी वहन गर्दा अपनाउनुपर्ने कर्तव्यबोध गराउनुभएको थियो भने मानव संसाधन विभागका विभागीय प्रमुख भीमप्रसाद घिमिरेले नवनियुक्त कर्मचारीलाई सपथ गराउनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?