काठमाडौं । बाउमा कनएक्स्पो २०२३ मा सहभागी हुन नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह सोमबार भारतको उत्तर प्रदेश प्रस्थान गर्नुभएको छ । ग्रेटर नोइडामा चार दिनसम्म सञ्चालन हुने एक्स्पोमा निर्माण उद्योगमा भित्रिएका अत्याधुनिक उपकरण, सामग्रीसहित निर्माण क्षेत्रमा प्रयोग हुने सबै खाले पछिल्ला सर-सामान प्रदर्शनीका लागि राखिनेछन् ।
मंगलबारदेखि सुरु हुने प्रदर्शनीमा २० भन्दा बढी मुलुकका करिब छ सय प्रविधि सप्लायर्सको सहभागिता रहने र ६० देशका ५० हजारभन्दा बढीले १० हजार स्टल अवलोकन गर्ने अपेक्षा गरिएको छ । एसिया तथा पश्चिम प्रशान्त क्षेत्रका निर्माण व्यवसायीको छाता संस्था इफाप्काका अध्यक्षसमेत रहनुभएका महासंघ अध्यक्ष सिंहलाई अतिथिका रूपमा आमन्त्रण गरिएको महासंघले जनाएको छ । सोही अवसरमा अध्यक्ष सिंहले निर्माण उद्योगसँग सम्बन्धित पछिल्ला प्रविधिका बारेमा विज्ञसँग छलफल गर्नुहुने बताइएको छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा