उद्यमीका समस्या तत्काल समाधानमा जोड

Read Time = 2 mins

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले उद्योगी व्यवसायीका समस्याप्रति राज्य समयमै गम्भीर नहुँदा देशका विभिन्न ठाउँमा व्यवसायीबाट आत्मदाह, आत्महत्याजस्ता अत्यन्त दुखद् एवं गम्भीर प्रकृतिको घटना भइरहेको भन्दै चिन्ता प्रकट गरेको छ । महासंघका महासचिव रोशन दाहालद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘नयाँ सरकार गठन भई अर्थतन्त्रले गति लिने आशा गरिएकै बखत सार्वजनिक भइरहेका यस्ता घटनाले निर्माणसहित सबै खाले उद्योगमा लागेका व्यवसायीसहित देश–विदेशमा रहेका तमाम नेपालीलाई मर्माहत बनाएको छ, स्वदेशमै उद्यम व्यवसाय गरी आत्मसम्मानसाथ जीवन निर्वाह गर्न चाहने व्यवसायीले परिबन्धमा परी बाध्यतावस मृत्युवरण गर्दा राज्य, राज्यका सञ्चालक र नीति तथा नियम परिपालना गराउने निकायमाथि नै गम्भीर प्रश्नचिहृन खडा भएको महसुस महासंघले गरेको छ ।’

ADVERTISEMENT

अन्य व्यवसायीझैं निर्माण व्यवसायी पनि राज्यबाट निर्माण सम्पन्न परियोजनाको भुक्तानी वर्षौंदेखि नपाउँदा मानसिकरूपमा अत्यन्त प्रताडित हुनुका साथै सप्लाई चेनसमेत अस्तव्यस्त भएको महासंघले जनाएको छ । साथै निर्माण व्यवसायीले मूल्यवृद्धि, तरलता अभाव, नेपाल राष्ट्र बैंकको अस्थिर तथा अव्यावहारिक नीति नियम, क्रसर सञ्चालनमा देखिएको अवरोध, नीतिगत अस्पष्टता, राज्यका संयन्त्रबीचको समन्वय अभाव जस्ता ज्वलन्त समस्या झेलिरहेको महासंघको भनाइ छ । यी र यस्ता नीतिगत पक्ष तत्काल सम्बोधन नहुने हो भने समग्र अर्थतन्त्रको चक्रमा गम्भीर असर परी आगामी दिनमा अझ दुखद् घटना हुनसक्ने खतरा देखिएको भन्दै महासंघले सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?