विकल्पविना घर उठाउन लागेको भन्दै सुकुमबासीले गरे प्रदर्शन (तस्वीर)

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

काठमाडौं । संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपालले न्यायका ‌लागि शान्तिपूर्ण सडक आन्दोलन गरेको छ। महानगरले बस्ती खाली गराउन खोजेपछि आन्दोलनमा उत्रिएका सुकुमबासीले आज पनि प्रदर्शन गरेका छन् । उनीहरूले माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेका छन् ।

महानगरले जबरजस्ती डोजर लगाएर आफूहरूलाई उठाउन लागेको उनीहरूको गुनासो छ ।

काठमाडौंको बागमती किनारमा बसोबास गर्दै आएका सुकुम्बासीले बस्ती खाली गर्न भन्दै महानगर र बागमती सभ्यता सर्वाधिकार सम्पन्न समितिले भनेपछि उनीहरू लामो समयदेखि आन्दोलित छन्।

प्रदर्शनकारीले जबरजस्ती उठीबास बन्द गर, डोजर आतंक बन्द गर, महानगरको सम्झौता कार्यन्वयन गर, काठमाडौं सुकुमबासीको पनि हो, जस्ता नाराअंकित प्लेकार्ड बोकेका छन् ।

ADVERTISEMENT

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?