सरस्वतीको पूजाले जीवनलाई सदैव सिर्जनशील बनाउँछ : राष्ट्रपति भण्डारी

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सरस्वतीको पूजाले जीवनलाई सिर्जनशील बनाउन प्रेरित गर्ने बताउनुभएको छ । बिहीबार वसन्त पञ्चमी तथा सरस्वती पूजाको अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले यस्तो बताउनुभएको हो ।

‘आजको दिन गरिने वसन्त श्रवण र सरस्वतीपूजा केवल औपचारिकता मात्र होइन, हाम्रो जीवनलाई सदैव उर्जाशील बनाइराख्ने र नवीन सिर्जनाका लागि प्रेरित गरिरहने अवसर पनि हो’, राष्ट्रपतिको शुभकामना सन्देशमा भनिएको छ, ‘यस पर्वको माध्यमबाट मौलिक संस्कृतिको संरक्षण एवम् संवर्द्धनका साथै मुलुकको सामाजिक तथा सांस्कृतिक विविधता बीच एकता कायम गरी राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन समेत योगदान पुग्ने विश्‍वास लिएको छु।’

उहाँले वसन्त पञ्चमी तथा सरस्वती पूजाको अवसरमा विद्याकी देवी सरस्वतीको हामी सबैमा कृपा रहिरहोस् भन्दै हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

ADVERTISEMENT

शुभकामना सन्देशमा राष्ट्रपति भण्डारीले सरस्वतीलाई शिक्षा, ज्ञान, कला र संगीतकी आदिस्रस्टाका रूपमा मानिने परम्परा रहिआएको उल्लेख गर्नुभएको छ ।

‘सरस्वतीको एउटा हातमा रहेको वीणालाई नादको रचना गर्ने यन्त्र मानिएको छ। ब्रम्हाण्डमा नाद अर्थात् ध्वनी मात्र सर्वव्यापक छ । यन्त्र र नादको लयबाट संगीतको रचना भएको वैदिक मान्यता पाइन्छ’, शुभकामना सन्देशमा थप भनिएको छ, ‘अर्को हातमा रहेको पुस्तकलाई अक्षरको स्रोत मानिएको छ। क्षय नहुने रचनालाई अक्षर भनिन्छ। लेखिएका कुराहरू कहिल्यै नाश हुँदैनन् भन्ने भावबाट नै मानव सभ्यताले लेख्य भाषाको विकास र परिष्कार गरेको पाइन्छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?