रास्वपाबाट अलग भएको उपसभामुख रानाको घोषणा

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमडौं । उपसभामुख इन्दिरा रानाले आफू पार्टीको राजनीतिक तथा सांगठानिक जिम्मेवारीबाट अलग भएको घोषणा गर्नुभएको छ ।

उहाँले आज (सोमबार) विज्ञप्ति जारी गर्दै उपसभामुखको भूमिकालाई स्वतन्त्र, निष्पक्ष, मर्यादित तथा विश्वसनीय बनाउनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीको जिम्मेवारीबाट अलग भएको जानकारी दिनुभएको हो ।

ADVERTISEMENT

रास्वपाका सांसद राना सत्ता गठबन्धनबाट साझा उम्मेदवार हुँदै गत माघ ७ मा उपसभामुखमा निर्वाचित हुनुभएको थियो ।

‘उपसभामुख पदको भूमिकालाई स्वतन्त्र, निष्पक्ष, मर्यादित तथा विश्वसनीय बनाउनका लागि यस पदमा रहुन्जेल म आबद्ध राष्ट्रिय स्वतन्त्र पार्टीको सम्पूर्ण राजनीतिक तथा सांगठानिक जिम्मेवारीबाट अलग भएको घोषणा गर्दछु,’ उहाँले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?