काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको २२औँ वार्षिकोत्सव काठमाडौंमा सम्पन्न भएको छ । वित्तीय संस्थाले प्रत्येक वर्ष माघ पहिलो साता देशका विभिन्न स्थानमा विविध कार्यक्रम आयोजना गरी वार्षिकोत्सव मनाउँदै आएको र यसपटक पनि विभिन्न स्थानमा वित्तीय साक्षरता, स्वास्थ्य शिविर, समुदाय विकास, वातावरण संरक्षण तथा अन्य सामाजिक कार्य गरी वार्षिकोत्सब आयोजना गरिएको जनाएको छ । सोे अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले स्वावलम्बन लघुवित्तले उत्कृष्ट वित्तीय संस्थाका रूपमा सदस्यलाई लघुवित्त सेवा पुर्याएको भन्दै वार्षिकोत्सवले थप ऊर्जाका साथ कार्यक्षेत्रमा लाग्न शुभकामना दिनुभयो ।
लघुवित्तको संख्या वृद्धिसँगै अस्वस्थ प्रतिस्पर्धा पनि बढ्दै गएको भन्दै उहाँले गुणस्तरीय सेवा प्रवाहका लागि लघुवित्त संस्था २०-२५ वटामा ल्याई गुणस्तरीय र दिगो सेवा प्रभावकारी ढंगले प्रवाह गर्न सुझाव दिनुभयो । सांसद तथा लघुवित्त अभियन्ता लिलानाथ श्रेष्ठले गरिबी न्यूनीकरणमा लघुवित्तको प्रभावकारी भूमिका रहेको बताउनुभयो । अर्का सांसद तथा लघुवित्त अभियन्ता योगेन्द्र मण्डलले लघुवित्तको मर्म र उद्देश्यअनुरूप चल्न सके लघुवित्तको सार्थकता हुने बताउनुभयो ।
नेपाल राष्ट्र बैंकका सञ्चालक चिन्तामणि सिवाकोटीले लघुवित्तले मुलुकको गरिबी निवारण र महिला सशक्तीकरणमा महत्वपूर्ण योगदान पुर्याएको बताउनुभयो । उहाँले लघुवित्तमा देखिएको अस्वस्थ प्रतिस्पर्धाले लघुवित्तको छविमा ठूलो असर पुगेको भन्दै समयमै सुधार गर्नुपर्नेमा जोड दिनुभयो । संस्थाकी अध्यक्ष डा. सुमित्रा मानन्धर गुरुङले लघुवित्त गरिबी निवारणको उपयुक्त अस्त्र भएकाले लघुवित्तको स्वस्थ विकास र विस्तारमा जोड दिनुपर्ने बताउनुभयो । प्रमुख कार्यकारी अधिकृत नरेन्द्रसिंह बिष्टले संस्थाले हाल सातै प्रदेशका ६१ जिल्लामा रहेका एक सय ४५ शाखामार्फत् दुई लाख ६३ हजारभन्दा बढी घरपरिवारलाई सेवा प्रदान गर्दै आएको बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच