विगत सरकार छिमेक सम्बन्धमा असन्तुलित र भताभुंग रुपमा चलेको एमाले अध्यक्ष ओलीको आरोप

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको कूटनीतिक सम्वन्धलाई अघिल्लो सरकारले भताभुंग बनाएको आरोप लगाउनु भएको छ ।

शुक्रबार एमालेको परराष्ट्र विभागले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले नेपाल अन्तर्राष्ट्रिय स्तरमा सन्तुलित र विश्वसनीय शक्तिका रुपमा स्थापित हुनुपर्ने उल्लेख समेत गर्नुभयो ।

‘हाम्रो अन्तराष्ट्रिय सम्बन्ध विवादास्पद ढंगले चल्यो,’ उहाँले भन्नुभयो, ‘कसैका निम्ति काम गर्ने, कसैलाई प्रोभक गर्ने गैरजिम्मेवार प्रवृत्तिहरु देखा परे ।’
अध्यक्ष ओलीले विगत सरकारको समयमा छिमेक सम्बन्ध असन्तुलित, विवादास्पद र बेढंगी रुपमा चलेको बताउनु भयो ।
राष्ट्र एकजुट भएर देशका निम्ति अन्तर्राष्ट्रिय सम्बन्ध सञ्चालन गर्नुपर्नेमा देशभित्र तनाव बढाउने, बाह्य शक्तिसँग साँठगााँठ गर्ने काम गरेको ओलीको आरोप छ ।

ADVERTISEMENT

नयाँ बनेको सरकारले कूटनीतिलाई ठीक ठाउँमा ल्याएर छिमेकसँग सन्तुलित सम्बन्ध कायम राख्नुपर्नेमा अध्यक्ष ओलीको जोड थियो ।

छिमेकमा बसेर छिमेकको अहित गर्ने काम गर्नु नहुने बताउँदै उहाँले नेपाल छिमेकीको विल्कुलै कुभलो नगरिकन उनीहरूको चासो र चिन्तालाई सम्वोधन गर्ने तर, नेपालले आफ्नो सार्वभौमसत्ता र स्वाधिनतामा सम्झौता नगर्ने बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?